दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा हुने प्रतियोगिता नसर्ने मन्त्रीको दाबी

digitalchautari digitalchautari
|
सोमबार, आश्विन १९, २०८३
|
|
४१६ पटक हेरिएको
Shares
दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा हुने प्रतियोगिता नसर्ने मन्त्रीको दाबी

सारांश

  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।
  • प्रतियोगिताका अधिकांश खेल सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिनेछ।
  • कर्णालीमा प्रतियोगिता आयोजना गर्ने सरकारको निर्णयलाई राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिले स्वागत गर्दै सरकारलाई धन्यवाद दिएको छ।

काठमाडौं । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। प्रतियोगिताका अधिकांश खेल सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिनेछ।

कर्णालीमा प्रतियोगिता आयोजना गर्ने सरकारको निर्णयलाई राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिले स्वागत गर्दै सरकारलाई धन्यवाद दिएको छ।

स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्दै नेपाली खेलकुदको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा चक्रीय प्रणालीअनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने व्यवस्था छ। सोहीअनुसार यसपटक कर्णाली प्रदेशलाई प्रतियोगिता आयोजनाको जिम्मेवारी दिइएको हो।

प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै मूल आयोजक समितिले पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनका लागि कार्यसम्पादन समितिलाई आवश्यक निर्देशनसमेत दिएको छ।

निर्णयअनुसार दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। प्रतियोगितामा ३२ खेल विधा समावेश गरिनेछ।

त्यस्तै, सरकारले स्वीकृत गरेको बजेट तथा खर्चसम्बन्धी नर्म्सको सीमाभित्र रहेर प्रतियोगिताको खर्च व्यवस्थापन गरिने भएको छ। पहिलोपटक आयोजना हुन लागेको प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक तयारीसमेत अघि बढाइने भएको छ।

‘दसौँ राष्ट्रिय खेलकुद हुन्छ, दुविधा नमान्नुहोस्’

बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने भन्दै प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरे।

उनले प्रतियोगिताको तयारीलाई समेत ‘दसौँ राष्ट्रिय खेलकुदको उत्सव’का रूपमा लिन आग्रह गरे।

‘दसौँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला। दसौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो।’

मन्त्री पोखरेलले विगतका राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा प्रभावकारी रूपमा यसपटकको प्रतियोगिता सञ्चालन गर्ने दाबी गरे। प्रतियोगिता सफल बनाउन तीनै तहका सरकार तथा सम्पूर्ण सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मूल आयोजक समितिको बैठकले दसौँ राष्ट्रिय खेलकुद आयोजना हुने विषयमा थप सुनिश्चितता प्रदान गरेको बताए। प्रतियोगिताको आयोजनापछि कर्णाली प्रदेश ठूलो राष्ट्रिय स्तरको खेलकुद कार्यक्रम सञ्चालन गर्न सक्षम छ भन्ने सन्देश जाने उनको भनाइ छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले निर्धारित समयमै प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको जानकारी दिए।

निजी क्षेत्रलाई पनि सहभागी गराइने

प्रतियोगितालाई प्रभावकारी र व्यवस्थित बनाउन निजी क्षेत्र, संघसंस्था तथा अन्य सरोकारवाला निकायको सहभागिता बढाइने भएको छ।

त्यसका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा अपनाउँदै सम्भावित प्रायोजकसँग समझदारीपत्र गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

प्रतियोगिता सञ्चालनका लागि ‘राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३’ बमोजिम विभिन्न विषयगत उपसमिति गठन गरिनेछ। दसौँ राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक काम अघि बढाउन कार्यसम्पादन समितिलाई अधिकारसमेत प्रत्यायोजन गरिएको छ।

कर्णालीमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदलाई नयाँ खेल प्रतिभा पहिचान र उत्पादनसँगै नेपाली खेलकुदको समग्र विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग उच्चस्तरीय छलफल
उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग उच्चस्तरीय छलफल
सानिमा बैंक को नाफा ४२.२% ले बढ्यो, २ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा
सानिमा बैंक को नाफा ४२.२% ले बढ्यो, २ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा
४० लाखमुनिका ईभीमा ‘भ्यालु फर्मनी’को दौड, कुन कार कति अब्बल? नामी भिगोदेखि पन्च ईभीसम्म : मूल्य, रेन्ज, फिचर र सुरक्षामा ग्राहकलाई आकर्षित गर्दै नयाँ पुस्ताका विद्युतीय कार
४० लाखमुनिका ईभीमा ‘भ्यालु फर्मनी’को दौड, कुन कार कति अब्बल? नामी भिगोदेखि पन्च ईभीसम्म : मूल्य, रेन्ज, फिचर र सुरक्षामा ग्राहकलाई आकर्षित गर्दै नयाँ पुस्ताका विद्युतीय कार
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
साउनमा जीवन बीमा कम्पनीले संकलन गरे २६ अर्बभन्दा बढी बीमाशुल्क
साउनमा जीवन बीमा कम्पनीले संकलन गरे २६ अर्बभन्दा बढी बीमाशुल्क
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
उपत्यकामा भोलिदेखि एलपी ग्यासको मूल्य घट्दै, पुरानै दरमा पाइने
उपत्यकामा भोलिदेखि एलपी ग्यासको मूल्य घट्दै, पुरानै दरमा पाइने
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण

तपाईंले छुटाउनुभयो कि?