आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न

digitalchautari digitalchautari
|
शनिबार, आश्विन १७, २०८३
|
|
२.१K पटक हेरिएको
Shares
आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न

सारांश

  • आशादीप बचत तथा ऋण सहकारी संस्था पाँचपोखरी थाङपाल ८ को १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
  • पाँचपोखरी थाङपाल गाउँपालिकाका सहकारी शाखाका धुर्ब लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा बागमती प्रदेश सहकारी संघका सञ्चालक समिति सदस्य निर्मला धिताल, लागर्चे साना किसान सहकारी संस्थाका अध्यक्ष गीता धिताललगायतको उपस्थिति रहेको थियो।
  • संस्थाका अध्यक्ष भक्तबहादुर पुरीको सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाको प्रगति, सदस्यहरूको आर्थिक समृद्धि, पारदर्शिता तथा सहकारीको आगामी यात्रालाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको जनाइएको छ।

सिन्धुपाल्चोक । आशादीप बचत तथा ऋण सहकारी संस्था पाँचपोखरी थाङपाल ८ को १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका सहकारी शाखाका धुर्ब लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा बागमती प्रदेश सहकारी संघका सञ्चालक समिति सदस्य निर्मला धिताल, लागर्चे साना किसान सहकारी संस्थाका अध्यक्ष गीता धिताललगायतको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष भक्तबहादुर पुरीको सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाको प्रगति, सदस्यहरूको आर्थिक समृद्धि, पारदर्शिता तथा सहकारीको आगामी यात्रालाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको जनाइएको छ।

४ सय ६० सदस्य रहेको आशादीप बचत तथा ऋण सहकारी संस्थाको कुल कारोबार ३ करोड ८१ लाख रुपैयाँ पुगेको व्यवस्थापक ठाकुरप्रसाद धितालले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले गत आर्थिक वर्षमा ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

साधारण सभामा संस्थाको वर्तमान अवस्था, आगामी योजना तथा सदस्यहरूको हितमा सञ्चालन गरिने कार्यक्रमका विषयमा समेत छलफल गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक असल अभ्यास आदान–प्रदान सम्पन्न
चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक असल अभ्यास आदान–प्रदान सम्पन्न
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज
बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही
बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
आवासीय चिकित्सकमाथि कडा नियम लगाएको भन्दै नेशनल मेडिकल कलेजविरुद्ध चिकित्सक सङ्घको आपत्ति
आवासीय चिकित्सकमाथि कडा नियम लगाएको भन्दै नेशनल मेडिकल कलेजविरुद्ध चिकित्सक सङ्घको आपत्ति
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो

तपाईंले छुटाउनुभयो कि?