कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी

digitalchautari digitalchautari
|
शनिबार, आश्विन १०, २०८३
|
|
३५३ पटक हेरिएको
Shares
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सिन्धुपाल्चोक क्षेत्र नं.
  • २ बाट अनुप न्यौपानेले खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन् पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै न्यौपानेले महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
  • उनले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र चलायमान बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट अनुप न्यौपानेले खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन्
पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै न्यौपानेले महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्। उनले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र चलायमान बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।
न्यौपानेले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग सहकार्य गर्दै संगठनको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्रको आपसी एकता, कार्यकर्ताको सम्मान र सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताएका छन्।
त्यस्तै, स्थानीय तहदेखि जिल्ला र केन्द्रसम्म पार्टी संगठनलाई थप मजबुत बनाउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्दै न्यौपानेले आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
महाधिवेशन प्रतिनिधिको निर्वाचनमा क्षेत्र नं. २ का कांग्रेस प्रतिनिधिहरूको मत महत्वपूर्ण हुने भएकाले न्यौपानेले आफ्नो उम्मेदवारीलाई सहयोग गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।
उनले आफूलाई प्राप्त हुने जिम्मेवारीबाट निराश नबनाउने र पार्टी तथा संगठनको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी महाधिवेशनसँगै कांग्रेसको संगठनात्मक गतिविधि तीव्र भइरहेका बेला क्षेत्र नं. २ बाट न्यौपानेको उम्मेदवारी पनि चर्चामा आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरा पुगे
प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरा पुगे
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन
आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ पोखरामा सम्पन्न
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ पोखरामा सम्पन्न
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै

तपाईंले छुटाउनुभयो कि?