माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै

digitalchautari digitalchautari
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
१.२K पटक हेरिएको
Shares
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै

सारांश

  • माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
  • बैंकको भदौ २५ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
  • प्रस्तावित बोनस सेयरको रकम ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ रहेको छ भने सोही बराबर ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ नगद लाभांशका लागि छुट्याइएको छ।

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको भदौ २५ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित बोनस सेयरको रकम ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ रहेको छ भने सोही बराबर ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ नगद लाभांशका लागि छुट्याइएको छ। नगद लाभांशमा बोनस तथा नगद लाभांशबापत लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसका लागि ७ करोड ४५ लाख ९९ हजार ४१ रुपैयाँ बराबरको रकम छुट्याइएको छ। अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिनेछ।

सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाको अनुमोदन भएपछि मात्र लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
रवि लामिछानेको चीन भ्रमण स्थगित, अर्थमन्त्री वाग्ले भारत जाने तयारीमा
रवि लामिछानेको चीन भ्रमण स्थगित, अर्थमन्त्री वाग्ले भारत जाने तयारीमा
प्रकाश सपुतको शब्द–संगीतमा ‘लालीबजार’ को गीत सार्वजनिक
प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
त्रिभुवन विश्वविद्यालयका ५९७ शिक्षक अध्ययन बिदा लिएर विदेश पलायन, कडाइका साथ कारबाही गर्ने तयारी
त्रिभुवन विश्वविद्यालयका ५९७ शिक्षक अध्ययन बिदा लिएर विदेश पलायन, कडाइका साथ कारबाही गर्ने तयारी
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित
सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित
शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम

तपाईंले छुटाउनुभयो कि?