पाँचपोखरी थाङ्पालमा वार्षिक समीक्षा सम्पन्न

digitalchautari digitalchautari
|
शुक्रबार, आश्विन २, २०८३
|
|
५७४ पटक हेरिएको
Shares
पाँचपोखरी थाङ्पालमा वार्षिक समीक्षा सम्पन्न

सारांश

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा सम्पन्न भएको छ ।
  • गाउँपालिकाको आयोजनामा असोज २ गते सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रशासकीय अधिकृत रामप्रसाद न्यौपाने, विषयगत शाखाका प्रमुख,वडा सचीव विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
  • समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा तथा मातहतका कार्यालय र संस्थाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौती प्रस्तुत गरेका थिए ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा असोज २ गते सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रशासकीय अधिकृत रामप्रसाद न्यौपाने, विषयगत शाखाका प्रमुख,वडा सचीव विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा तथा मातहतका कार्यालय र संस्थाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौती प्रस्तुत गरेका थिए । संघीय तथा प्रदेश सरकारबाट विनियोजित योजना तथा कार्यक्रमको कार्यान्वयन अवस्था र गाउँपालिकाबाट प्रवाह हुँदै आएका सेवाका विषयमा समेत समीक्षा गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामाले वार्षिक समीक्षा कार्यक्रमले पालिकाले गरेका कामको वास्तविक अवस्था पहिचान गर्न तथा आगामी योजना निर्माणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विकास निर्माणसँगै नागरिकलाई प्रभावकारी र सहज सेवा प्रवाहमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
उपाध्यक्ष सुनिता अधिकारीले समीक्षा कार्यक्रमलाई उपलब्धि र कमजोरी पहिचान गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउँदै आगामी दिनमा देखिएका समस्या समाधान गर्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
शाखा तथा मातहतका निकायबाट प्रस्तुत भएका प्रगति विवरणका आधारमा आगामी कार्यक्रमलाई थप व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको थियो । प्रशासकीय अधिकृत रामप्रसाद न्यौपानेले योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि शाखा, वडा र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
विषयगत शाखाका प्रमुख तथा अन्य सरोकारवालाले समेत आ–आफ्नो क्षेत्रको प्रगति, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा धारणा राखेका थिए ।
समीक्षा कार्यक्रममा प्रस्तुत भएका समस्या तथा चुनौतीको समाधानका लागि आवश्यक पहल गर्ने र प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेट्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड: एरिकाको ऐतिहासिक ‘ह्याट्रिक’, पुरुषतर्फ चन्द्र सर्वोत्कृष्ट
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड: एरिकाको ऐतिहासिक ‘ह्याट्रिक’, पुरुषतर्फ चन्द्र सर्वोत्कृष्ट
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?

तपाईंले छुटाउनुभयो कि?