रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने

digitalchautari digitalchautari
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
३५३ पटक हेरिएको
Shares
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने

सारांश

  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदनमा औंल्याइएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ।
  • मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले पेश गरेको प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गामा घुसाइएको भनी उल्लेख गरिएका कित्ताबाट घुसेको भनिएको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी बाँकी जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरिएको हो।
  • त्यस्तै, रावल आयोगको प्रतिवेदनमा सम्पूर्ण क्षेत्रफल नै सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका कित्ताहरूलाई समेत एकमुष्ट निर्णय गरी नेपाल सरकारको नाममा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा कायम गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदनमा औंल्याइएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ।

मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले पेश गरेको प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गामा घुसाइएको भनी उल्लेख गरिएका कित्ताबाट घुसेको भनिएको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी बाँकी जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरिएको हो।

त्यस्तै, रावल आयोगको प्रतिवेदनमा सम्पूर्ण क्षेत्रफल नै सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका कित्ताहरूलाई समेत एकमुष्ट निर्णय गरी नेपाल सरकारको नाममा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा कायम गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रतिवेदन कार्यान्वयनका लागि गठित समितिको संयोजकमा प्रमुख नापी अधिकृत रमेश ज्ञवाली रहेका छन्। समितिमा गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत तथा नापी विभागका नापी अधिकृत सदस्य सचिव रहेका छन्।

सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता वा अतिक्रमण भएको विषयमा लामो समयदेखि विवाद हुँदै आएको अवस्थामा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयलाई सरकारी जग्गा संरक्षणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संस्थापन पक्षसँग सहमति नजुटेपछि कांग्रेस इतर समूहले राष्ट्रिय भेला बोलाउने
संस्थापन पक्षसँग सहमति नजुटेपछि कांग्रेस इतर समूहले राष्ट्रिय भेला बोलाउने
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा
चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा
मन्त्री यादवको विस्फोटक आरोप : ‘कर्मचारीले उद्योगीको कुरा मान्छन्, सरकारको निर्देशन मान्दैनन्’
मन्त्री यादवको विस्फोटक आरोप : ‘कर्मचारीले उद्योगीको कुरा मान्छन्, सरकारको निर्देशन मान्दैनन्’
पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि
पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि
एलपी ग्यासको अभाव बढ्यो, बढी मूल्यमा बेच्ने पसललाई ३ लाख जरिवाना
एलपी ग्यासको अभाव बढ्यो, बढी मूल्यमा बेच्ने पसललाई ३ लाख जरिवाना
रवि लामिछानेलाई सांसदको कामकारबाही गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
रवि लामिछानेलाई सांसदको कामकारबाही गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
बीमा कम्पनीहरूको सेयर लगानी ५५ अर्ब नाघ्यो: एकै वर्षमा १४ अर्ब ३६ करोड थपियो
बीमा कम्पनीहरूको सेयर लगानी ५५ अर्ब नाघ्यो: एकै वर्षमा १४ अर्ब ३६ करोड थपियो
घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो
घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो

तपाईंले छुटाउनुभयो कि?