भोटेकोशी बाढी : १ हजार ३३१ शव फेला, ५ हजार अझै सम्पर्कविहीन

digitalchautari digitalchautari
|
आइतबार, भाद्र २१, २०८३
|
|
४५३ पटक हेरिएको
Shares
भोटेकोशी बाढी : १ हजार ३३१ शव फेला, ५ हजार अझै सम्पर्कविहीन

सारांश

  • रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको छ भने करिब ५ हजार जना अझै सम्पर्कविहीन रहेका छन्।
  • बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९ तथा चितवनमा ३६० रहेका छन्।

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको छ भने करिब ५ हजार जना अझै सम्पर्कविहीन रहेका छन्।

बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९ तथा चितवनमा ३६० रहेका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अद्यावधिक विवरणअनुसार करिब १ हजार ९६७ जना र नुवाकोटबाट करिब २ हजार ३४० जना रहेका छन्। यस्तै, ५८९ जना विदेशी नागरिक तथा १०० जना सुरक्षाकर्मी र कर्मचारी समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बेपत्ताको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार अभियानबाट हालसम्म १३ हजार १०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा ४ हजार ८७१ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ।

यस्तै, हालसम्म ९८ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ।

बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म ५ हजार ९२९ जनाको उपचार गरिएको प्रवक्ता महतले जानकारी दिए। विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाबाट ३ हजार २९७ जना र सशस्त्र प्रहरी बलबाट २ हजार ३१६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन्।

बाढी प्रभावितका लागि काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ वटा होल्डिङ सेन्टरमा ३ हजार ९८२ जनाले सुरक्षित आश्रय लिइरहेका छन्।

विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका छन्।

भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी तथा गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन्।

प्राधिकरणले सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाइएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश ल्याउने सरकारको निर्णय, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश ल्याउने सरकारको निर्णय, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
निक्षेप बढ्यो, कर्जा विस्तार सुस्तिँदा बैंकिङ प्रणालीमा बढ्दै असन्तुलन
निक्षेप बढ्यो, कर्जा विस्तार सुस्तिँदा बैंकिङ प्रणालीमा बढ्दै असन्तुलन
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
प्रमुख सचेतक नहुँदा कोशी प्रदेशसभामा विधेयक व्यवस्थापन र ह्वीप प्रणाली प्रभावित
प्रमुख सचेतक नहुँदा कोशी प्रदेशसभामा विधेयक व्यवस्थापन र ह्वीप प्रणाली प्रभावित
बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
गृहमन्त्री सुधन गुरुङ  रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे
गृहमन्त्री सुधन गुरुङ रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे

तपाईंले छुटाउनुभयो कि?