थोरै शुल्कमा ठूलो सुरक्षा! सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना

digitalchautari digitalchautari
|
बिहिबार, आश्विन १, २०८३
|
|
३११ पटक हेरिएको
Shares
थोरै शुल्कमा ठूलो सुरक्षा! सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना

सारांश

  • सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई लक्षित गर्दै नयाँ बीमा योजना सार्वजनिक गरेको छ।
  • कम्पनीको ९औँ वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ शुभारम्भ गरिएको हो।
  • असोज १ गते आयोजित Product Inauguration कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा उक्त योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई लक्षित गर्दै नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीको ९औँ वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ शुभारम्भ गरिएको हो।
असोज १ गते आयोजित Product Inauguration कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा उक्त योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिले यो योजना लिन सक्नेछन्। कम लागतमा ठूलो आर्थिक सुरक्षा उपलब्ध गराउने उद्देश्यले ल्याइएको योजनाले विशेषगरी परिवारका संरक्षकको व्यावसायिक तथा पारिवारिक दायित्वलाई ध्यानमा राखेको छ।
यस योजनामा न्यूनतम १० लाख रुपैयाँदेखि आयस्रोतका आधारमा आवश्यकताअनुसार बीमाङ्क छनोट गर्न सकिनेछ। बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा भुक्तानी गर्न सकिने सुविधा रहेको छ।
बीमितको मृत्यु भएमा बीमाङ्क रकमको १०० प्रतिशत दाबी भुक्तानी हुने कम्पनीले जनाएको छ। त्यस्तै, ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्म किरिया खर्च तथा १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा समेत लिन सकिनेछ।
कम्पनीका अनुसार ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ कम्पनीका देशभरका शाखा तथा उपशाखाबाट खरिद गर्न सकिनेछ। साथै, डिजिटल माध्यमबाट पनि योजना खरिद गर्न सकिने र Sun Connect तथा कम्पनीको वेबसाइटमार्फत सेवा लिन सकिनेछ।
२०७४ साल असार ६ गते बीमकका रूपमा दर्ता भई औपचारिक व्यवसाय सुरु गरेको सन नेपाल लाइफको अधिकृत पूँजी १० अर्ब रुपैयाँ र चुक्ता पूँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ।
कम्पनीले हाल ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ। दुर्घटना, अशक्तता तथा आपत्कालीन रोगबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान
भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम

तपाईंले छुटाउनुभयो कि?