रसुवामा बाढी : तीन प्रहरी चौकी बग्यो, ३५ प्रहरी सम्पर्कविहीन

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १०, २०८३
|
|
२०९ पटक हेरिएको
Shares
रसुवामा बाढी : तीन प्रहरी चौकी बग्यो, ३५ प्रहरी सम्पर्कविहीन

सारांश

  • रसुवामा आएको भीषण बाढीका कारण नेपाल प्रहरीका तीनवटा चौकी बगेका छन् भने ३५ प्रहरी अझै सम्पर्कविहीन छन्।
  • प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान ९ः१५ बजेसम्म रसुवागढी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र प्रहरी चौकी स्याफ्रुबेसी सम्पर्कविहीन भएका छन्।
  • बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे समेत बगेको प्रहरीले जनाएको छ।

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण नेपाल प्रहरीका तीनवटा चौकी बगेका छन् भने ३५ प्रहरी अझै सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान ९ः१५ बजेसम्म रसुवागढी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र प्रहरी चौकी स्याफ्रुबेसी सम्पर्कविहीन भएका छन्। बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे समेत बगेको प्रहरीले जनाएको छ।
टिमुरेमा कार्यरत २५ प्रहरीमध्ये १२ जना सम्पर्कमा आएका छन्। यस्तै, रसुवागढीमा कार्यरत ९ जनामध्ये एक जना र स्याफ्रुबेसीमा कार्यरत ९ जनामध्ये ४ जना सम्पर्कमा आएका छन्।
यसैबीच, नुवाकोटको त्रिशूली बजारमा पानीको बहाव बढेको छ भने नुवाकोट कारागारमा समेत पानी पसेको प्रहरीले जनाएको छ। धादिङको पृथ्वीराजमार्गस्थित महेशखोलामा समेत डुबान भएको छ।
उद्धार तथा राहतका लागि बागमती प्रदेश प्रहरी गुल्म हेटौँडाबाट एसएसपी पुरुषोत्तम सुवेदीको कमाण्डमा १५ जनाको टोली बुधबार बिहान १०ः५५ बजे रसुवातर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बाढीको बहाव धादिङको गल्छी गाउँपालिका–२ मलेखुसम्म पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने
सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने
आन्तरिक विवादले कमजोर बन्दै नेपाली कांग्रेस
आन्तरिक विवादले कमजोर बन्दै नेपाली कांग्रेस
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
नवज्योति युवा क्लवले दशैंमा विशेष साँस्कृतिक कार्यक्रम गर्दै, बिन्जेल जाँदै रचना रिमाल
नवज्योति युवा क्लवले दशैंमा विशेष साँस्कृतिक कार्यक्रम गर्दै, बिन्जेल जाँदै रचना रिमाल
फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?
फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवाका बाढीपहिरो प्रभावितलाई ३३ लाखभन्दा बढी सहयोग
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवाका बाढीपहिरो प्रभावितलाई ३३ लाखभन्दा बढी सहयोग
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइयो, तस्करी नियन्त्रणमा सुरक्षा समिति सक्रिय
झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइयो, तस्करी नियन्त्रणमा सुरक्षा समिति सक्रिय

तपाईंले छुटाउनुभयो कि?