हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवाका बाढीपहिरो प्रभावितलाई ३३ लाखभन्दा बढी सहयोग

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र १८, २०८३
|
|
९८५ पटक हेरिएको
Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवाका बाढीपहिरो प्रभावितलाई ३३ लाखभन्दा बढी सहयोग

सारांश

  • हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र त्यसमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी क्षेत्रका बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
  • रसुवाको भोटेकोशीमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
  • कुल सहयोग रकममध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स संस्थागत रूपमा २५ लाख रुपैयाँ र कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबरको ८ लाख ५३ हजार १८ रुपैयाँ योगदान गरेका छन्।

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र त्यसमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी क्षेत्रका बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

रसुवाको भोटेकोशीमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

कुल सहयोग रकममध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स संस्थागत रूपमा २५ लाख रुपैयाँ र कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबरको ८ लाख ५३ हजार १८ रुपैयाँ योगदान गरेका छन्।

उक्त आर्थिक सहयोगले विपद्को यस घडीमा प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनुका साथै सरकारले सञ्चालन गर्ने पुनर्स्थापना कार्यक्रममा ठूलो सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत (COO) राजकुमार खड्काले बीमा कम्पनीको भूमिका जोखिम हस्तान्तरण र वित्तीय सुरक्षा प्रदान गर्नेमा मात्र सीमित नरहेको बताए। उनले संकटका बेला समुदायप्रतिको जिम्मेवारी निर्वाह गर्नु संस्थागत दायित्वको अभिन्न हिस्सा भएको उल्लेख गरे।

कम्पनीले आगामी दिनहरूमा पनि आवश्यकता र सम्भाव्यताका आधारमा विपद्‌बाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका पहलहरूमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड
कांग्रेस महाधिवेशन : असोज २२ मा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
कांग्रेस महाधिवेशन : असोज २२ मा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’
सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी

तपाईंले छुटाउनुभयो कि?