जनकपुरका सात पोखरीको डिलबाट ६५ भन्दा बढी संरचना हटाइयो

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
२K पटक हेरिएको
Shares
जनकपुरका सात पोखरीको डिलबाट ६५ भन्दा बढी संरचना हटाइयो

सारांश

  • मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सातवटा पोखरीको डिल अतिक्रमण गरी बनाइएका ६५ भन्दा बढी पक्की तथा अस्थायी संरचना डोजर लगाएर हटाइएको छ।
  • गुठी संस्थान तथा गुठी जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित समितिले पहिलो चरणअन्तर्गत शनिबारदेखि अतिक्रमित संरचना हटाउन थालेको हो।
  • अतिक्रमण हटाउने क्रममा कतिपय पक्की घरको अगाडिको भाग तथा पर्खाल भत्काइएको छ भने बाँस, खर र माटोबाट बनाइएका कच्ची संरचना पूर्ण रूपमा हटाइएको छ।

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सातवटा पोखरीको डिल अतिक्रमण गरी बनाइएका ६५ भन्दा बढी पक्की तथा अस्थायी संरचना डोजर लगाएर हटाइएको छ।

गुठी संस्थान तथा गुठी जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित समितिले पहिलो चरणअन्तर्गत शनिबारदेखि अतिक्रमित संरचना हटाउन थालेको हो।

अतिक्रमण हटाउने क्रममा कतिपय पक्की घरको अगाडिको भाग तथा पर्खाल भत्काइएको छ भने बाँस, खर र माटोबाट बनाइएका कच्ची संरचना पूर्ण रूपमा हटाइएको छ। एउटा सार्वजनिक शौचालयसमेत भत्काइएको समितिले जनाएको छ।

पोखरीको डिलमा रहेका संरचना हटाएपछि यसअघि चहलपहल हुने कतिपय क्षेत्र सुनसान देखिएका छन्। भत्काइएका संरचनाका सामग्रीहरू सडक तथा आसपासका क्षेत्रमा असरल्ल छन् भने केही स्थानीय आफ्ना बाँकी सामान खोज्दै गरेको देखिन्छ।

स्थानीयका अनुसार पोखरीको चारैतिर संरचना निर्माण हुनुका साथै पानीको सतह घट्दै जाँदा ऐतिहासिक पोखरीहरूको अस्तित्व नै संकटमा परेको छ।

पेठिया बजारमा तरकारी व्यापार गर्दै आएका रसिर पूर्वेले जनकपुरको पहिचान र शान पोखरी, मठमन्दिर तथा कुटीहरू रहेको भन्दै अतिक्रमण हटाउने सरकारी कदम सकारात्मक भएको बताए।

समितिका प्रवक्ता जनक पोखरेलका अनुसार पहिलो चरणमा सातवटा पोखरीका डिलबाट ६५ भन्दा बढी पक्की तथा कच्ची संरचना हटाइएको हो। अन्य पोखरीका डिलको रेखांकन तथा सीमांकनको काम भइरहेको र क्रमशः अतिक्रमित क्षेत्र खाली गराउँदै जाने तयारी रहेको उनले बताए।

पहिलो चरणमा गोरधोई, विशहारा, दशरथ तलाउ, अर्गजा सर, रत्न सागर, मुरली सर र दीर्घिका सरका डिलबाट अतिक्रमण हटाइएको छ।

गुठी जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन गर्ने क्रममा पोखरीका डिलमा रहेका अतिक्रमित संरचना हटाउन सुरु गरिएको समितिले जनाएको छ।

समितिलाई बृहत्तर जनकपुर क्षेत्रअन्तर्गतका पोखरी, पोखरीका डिल, जानकी मन्दिर, राम मन्दिरलगायत प्रमुख मठमन्दिर तथा गुठी जग्गामा भएका अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ।

यसैगरी, उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ तथा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग–२०७६ को प्रतिवेदनमा उल्लेखित कार्यहरू कार्यान्वयन गर्ने जिम्मेवारीसमेत समितिलाई दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
थोरै शुल्कमा ठूलो सुरक्षा! सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना
थोरै शुल्कमा ठूलो सुरक्षा! सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना
माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा
माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा
सेयर बजारमा नयाँ व्यवस्था ल्याउने सेबोनको योजना, सर्ट सेलिङ पनि खुलाउने प्रस्ताव
सेयर बजारमा नयाँ व्यवस्था ल्याउने सेबोनको योजना, सर्ट सेलिङ पनि खुलाउने प्रस्ताव
सानिमा बैंकद्वारा बाढी तथा पहिरो प्रभावितका लागि रु २ करोड २५ लाख सहयोगको घोषणा
सानिमा बैंकद्वारा बाढी तथा पहिरो प्रभावितका लागि रु २ करोड २५ लाख सहयोगको घोषणा
राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
कांग्रेस महाधिवेशन : असोज २२ मा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
कांग्रेस महाधिवेशन : असोज २२ मा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?