युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
२.२K पटक हेरिएको
Shares
युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

सारांश

  • युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताएका छन्।
  • पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन्।
  • “यस्तो युद्धका बेला चुनाव गराउनु आफैँमा ठूलो जोखिम हो।

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताएका छन्। पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन्।

“यस्तो युद्धका बेला चुनाव गराउनु आफैँमा ठूलो जोखिम हो। अहिलेको अवस्थामा चुनाव गराउनु देशका लागि सुनामीसरह हुनेछ, जसले युक्रेनलाई विभाजित गर्नेछ”, जेलेन्स्कीले भने।

रुसी सेनाविरुद्ध युद्धमा केन्द्रित युक्रेनले ‘मार्शल ल’ लागू भएपछि चुनाव स्थगित गरेको छ। जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई व्यापक समर्थन गरेको बताइएको छ।

“यदि हामी देशलाई ध्वस्त पार्न चाहन्छौँ भने मात्रै युद्धका बेला चुनाव गराउने दिशामा अघि बढ्न सक्छौँ”, ४८ वर्षीय जेलेन्स्कीले भने।

उनले शनिबार एएफपीलगायत सञ्चारमाध्यमका पत्रकारसँग ब्रिफिङ गरेका थिए। विभिन्न राजनीतिक विवादबीच महिनौँपछि भएको यो पहिलो पत्रकार भेटघाट हो।

जेलेन्स्कीले पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएपछि युक्रेनमा राजनीतिक विवाद चर्किएको थियो। फेडोरोभले यसै साता चुनाव गराउने उपाय खोज्नुपर्ने माग गरेका थिए। यद्यपि, उनले त्यसका लागि कुनै ठोस कार्ययोजना प्रस्तुत गरेका थिएनन्।

विशेषज्ञहरूले युद्धका बेला चुनाव गराउँदा सैनिक, विदेशमा रहेका लाखौँ युक्रेनी नागरिक तथा रुसी नियन्त्रणमा रहेका क्षेत्रका बासिन्दाले कसरी मतदान गर्ने भन्ने प्रश्न उठाएका छन्। साथै, रुसबाट हुन सक्ने गलत सूचना प्रवाहको जोखिम पनि रहेको उनीहरूको भनाइ छ।

‘किभ इन्टरनेसनल इन्स्टिच्युट अफ सोसियोलोजी’को सर्वेक्षणअनुसार केवल १५ प्रतिशत युक्रेनी नागरिक युद्ध समाप्त हुनुअघि चुनाव गराउने पक्षमा छन्।

ब्रिफिङका क्रममा जेलेन्स्कीले फेडोरोभको आलोचना गर्दै उनी “गलत दिशातर्फ अघि बढिरहेका वा कसैले त्यसतर्फ धकेलिरहेको” टिप्पणी गरे।

जेलेन्स्कीले विरोध प्रदर्शन गर्ने अधिकार सबैलाई भए पनि सैनिकप्रति अनादरपूर्ण व्यवहार नगर्न आग्रह गरे। उनले समाज र सेनाबीच विभाजन हुन नहुने बताउँदै यस्तो विभाजनले देशलाई थप जोखिममा पार्न सक्ने चेतावनी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न
आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
बीमा कम्पनीको जोखिम वहन क्षमता बलियो बन्दै, सोल्भेन्सी मार्जिन बढ्यो; सानिमा जीआईसी शीर्ष स्थानमा
बीमा कम्पनीको जोखिम वहन क्षमता बलियो बन्दै, सोल्भेन्सी मार्जिन बढ्यो; सानिमा जीआईसी शीर्ष स्थानमा
जीवन बीमाको बजारमा बागमतीको दबदबा, साउनमै १३ अर्बभन्दा बढी बीमाशुल्क संकलन
जीवन बीमाको बजारमा बागमतीको दबदबा, साउनमै १३ अर्बभन्दा बढी बीमाशुल्क संकलन
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा
देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै

तपाईंले छुटाउनुभयो कि?