उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग उच्चस्तरीय छलफल

digitalchautari digitalchautari
|
बुधबार, आषाढ २४, २०८३
|
|
१.४K पटक हेरिएको
Shares
उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग उच्चस्तरीय छलफल

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग उच्चस्तरीय छलफल गर्नुभएको छ।
  • मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने, उद्योग सञ्चालनमा रहेका नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
  • उहाँले आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधानका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग उच्चस्तरीय छलफल गर्नुभएको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने, उद्योग सञ्चालनमा रहेका नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधानका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पार्नुभयो।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहलाई सरल बनाउने तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवाद आवश्यक रहेको सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण र सुधारका काम अघि बढाइने तथा आर्थिक सुधारको अभियानमा निजी क्षेत्रसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।
छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी वातावरण सुधार तथा निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचपोखरी प्राथमिक अस्पतालमा एघारौँ संविधान दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न
पाँचपोखरी प्राथमिक अस्पतालमा एघारौँ संविधान दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न
पुँजी बजारमा सरकारको ‘ठूलो दाउ’, २१ बुँदे योजनाले लगानीकर्तामा बढायो उत्साह
पुँजी बजारमा सरकारको ‘ठूलो दाउ’, २१ बुँदे योजनाले लगानीकर्तामा बढायो उत्साह
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?

तपाईंले छुटाउनुभयो कि?