बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान

digitalchautari digitalchautari
|
सोमबार, भाद्र १, २०८३
|
|
१.८K पटक हेरिएको
Shares
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान

सारांश

  • बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
  • प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
  • प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार नै पदबाट राजीनामा दिनुभएको थियो । नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाँले प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गर्नुभएको हो ।

गत साउन ६ गते नेकपा ९एमाले०ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रदेश प्रमुखको आह्वानअनुसार अब बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले सम्बन्धित दलहरूको समर्थनसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुपर्नेछ । दाबी पेस भएपछि संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस
राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस
मन्त्री छनोटदेखि सभामुखसम्म विवाद, बागमतीमा नेकपाभित्र बढ्यो शक्ति संघर्ष
मन्त्री छनोटदेखि सभामुखसम्म विवाद, बागमतीमा नेकपाभित्र बढ्यो शक्ति संघर्ष
चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक असल अभ्यास आदान–प्रदान सम्पन्न
चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक असल अभ्यास आदान–प्रदान सम्पन्न
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश ल्याउने सरकारको निर्णय, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश ल्याउने सरकारको निर्णय, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
प्रधानमन्त्री शाहले संसदमा भने– १५ पालिकालाई ६ करोड ७५ लाख निकासा
प्रधानमन्त्री शाहले संसदमा भने– १५ पालिकालाई ६ करोड ७५ लाख निकासा

तपाईंले छुटाउनुभयो कि?