सर्वदलीय बैठकमा भोटेकोसी बाढीको समीक्षा, एक साताभित्र संसदीय विशेष समिति बनाउने सहमति

digitalchautari digitalchautari
|
बुधबार, भाद्र ३१, २०८३
|
|
२.२K पटक हेरिएको
Shares
सर्वदलीय बैठकमा भोटेकोसी बाढीको समीक्षा, एक साताभित्र संसदीय विशेष समिति बनाउने सहमति

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले भोटेकोसी बाढीपछि भइरहेका खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामको समीक्षा गरेको छ।
  • बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले भोटेकोसी बाढीलगायत समसामयिक विषयमा दलहरूबीच छलफल भएको जानकारी दिए।
  • उनका अनुसार बाढी प्रभावित क्षेत्रमा सरकार तथा राजनीतिक दलहरूले गरिरहेका कामकारबाहीको अवस्थाबारे समीक्षा गरिएको हो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले भोटेकोसी बाढीपछि भइरहेका खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामको समीक्षा गरेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले भोटेकोसी बाढीलगायत समसामयिक विषयमा दलहरूबीच छलफल भएको जानकारी दिए। उनका अनुसार बाढी प्रभावित क्षेत्रमा सरकार तथा राजनीतिक दलहरूले गरिरहेका कामकारबाहीको अवस्थाबारे समीक्षा गरिएको हो।
बैठकले रवि लामिछानेको संयोजकत्वमा रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय समेत गरेको छ। उक्त संयन्त्रमा रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति, राप्रपा, जसपा नेपाल, जनमत पार्टीलगायत संसद्मा प्रतिनिधित्व गर्ने तथा बाहिर रहेका दलहरूको सहभागिता रहने बताइएको छ।
त्यस्तै, एक साताभित्र संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ। समितिमा संसद्मा दलहरूको रहेको सीट संख्याका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था गरिनेछ।
विशेष समितिले विपद् प्रभावित क्षेत्रको अध्ययन तथा छानबिन गर्नुका साथै आवश्यक समन्वय गर्ने जनाइएको छ। यद्यपि समितिको विस्तृत कार्यक्षेत्र भने अझै निर्धारण हुन बाँकी रहेको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसङ्घ भ्रमणका विषयमा समेत छलफल भएको प्रवक्ता खरेलले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको आलोचनापछि हर्क साम्पाङ सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा
सरकारको आलोचनापछि हर्क साम्पाङ सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा
डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
संविधान दिवसमा इन्द्रावतीमा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न
संविधान दिवसमा इन्द्रावतीमा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न
मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल, सिन्धुपाल्चोकमा अनुगमन तीव्र
मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल, सिन्धुपाल्चोकमा अनुगमन तीव्र
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन,पाँच हजारभन्दा बढीको उपचार
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन,पाँच हजारभन्दा बढीको उपचार
बीमा अभिकर्ताको आचारसंहिता कडा बन्दैः ‘डिस्काउन्ट’ देखाएर पोलिसी बेच्नेदेखि फर्जी रिपोर्टसम्म निषेध
बीमा अभिकर्ताको आचारसंहिता कडा बन्दैः ‘डिस्काउन्ट’ देखाएर पोलिसी बेच्नेदेखि फर्जी रिपोर्टसम्म निषेध
पाँचपोखरी थाङपालमा धानबाली पकेट विकास कार्यक्रम प्रभावकारी, कृषकलाई ट्याक्टर वितरण
पाँचपोखरी थाङपालमा धानबाली पकेट विकास कार्यक्रम प्रभावकारी, कृषकलाई ट्याक्टर वितरण
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
सिन्धुपाल्चोकको ऐसेलुखर्क माध्यमिक विद्यालयमा वृक्षरोपण, विद्यार्थीलाई नै संरक्षणको जिम्मेवारी
सिन्धुपाल्चोकको ऐसेलुखर्क माध्यमिक विद्यालयमा वृक्षरोपण, विद्यार्थीलाई नै संरक्षणको जिम्मेवारी
रवि लामिछानेको चीन भ्रमण स्थगित, अर्थमन्त्री वाग्ले भारत जाने तयारीमा
रवि लामिछानेको चीन भ्रमण स्थगित, अर्थमन्त्री वाग्ले भारत जाने तयारीमा

तपाईंले छुटाउनुभयो कि?