प्रधानमन्त्री शाहले संसदमा भने– १५ पालिकालाई ६ करोड ७५ लाख निकासा

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १७, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
प्रधानमन्त्री शाहले संसदमा भने– १५ पालिकालाई ६ करोड ७५ लाख निकासा

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ करोड ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।
  • बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन तथा राहतका लागि कोषमा जम्मा भएको रकम र हालसम्म भएको निकासाबारे जानकारी दिएका हुन् ।
  • उनका अनुसार सरकारले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ करोड ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन तथा राहतका लागि कोषमा जम्मा भएको रकम र हालसम्म भएको निकासाबारे जानकारी दिएका हुन् ।
उनका अनुसार सरकारले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
उक्त रकममध्ये हालसम्म विभिन्न १५ वटा स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्रधानमन्त्री शाहले बताए । प्रभावित स्थानीय तहमा प्रत्यक्ष बजेट पठाएर राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइएको उनको भनाइ छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ । बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनाको काम चुनौतीपूर्ण बनेको भन्दै सरकारले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरी नागरिकको जिउधनको रक्षा गर्न आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताए ।
उनले विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा प्रभावित क्षेत्रको पुनर्स्थापनालाई प्राथमिकतामा राखिएको पनि जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
सुकुमबासी र फुटपाथ व्यवसायीमाथि अमानवीय व्यवहार नगर्न सरकारलाई हर्क साम्पाङको आग्रह
सुकुमबासी र फुटपाथ व्यवसायीमाथि अमानवीय व्यवहार नगर्न सरकारलाई हर्क साम्पाङको आग्रह
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
भवन निर्माणमा ‘व्यावसायिक दायित्व’ र ‘निर्माण जोखिम’ बीमा अनिवार्य गरिँदै
भवन निर्माणमा ‘व्यावसायिक दायित्व’ र ‘निर्माण जोखिम’ बीमा अनिवार्य गरिँदै
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन

तपाईंले छुटाउनुभयो कि?