जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

डिजिटल चौतारी डिजिटल चौतारी
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ ।
  • विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सम्पन्न गर्न विमानस्थल बन्द रहने भएको हो ।
  • विमानस्थल कार्यालयद्वारा जारी सूचनामा निर्माण कार्य छिटो सम्पन्न गर्न यो निर्णय गरिएको उल्लेख छ ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सम्पन्न गर्न विमानस्थल बन्द रहने भएको हो ।

विमानस्थल कार्यालयद्वारा जारी सूचनामा निर्माण कार्य छिटो सम्पन्न गर्न यो निर्णय गरिएको उल्लेख छ । हाल धावनमार्ग छेउको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य भइरहेकाले सुरक्षाका कारण रातिको समयमा पूर्ण रूपमा उडान सञ्चालन रोक्न लागिएको जनाइएको छ ।

यस अवधिमा यात्रु तथा उडान व्यवस्थापनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विमानस्थल कार्यालयले सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आवश्यकताअनुसार आफ्नो उडान तथा अवतरण तालिका समायोजन गर्न आग्रह गरेको छ ।

नेपालको एक मात्र व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय यात्रु चाप बढ्दै गएकाले पूर्वाधार विस्तार र स्तरोन्नति आवश्यक देखिएको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै रनवे, ट्याक्सीवे तथा टर्मिनल क्षेत्रको सुधार कार्य अघि बढाइएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
निक्षेप बढ्यो, कर्जा विस्तार सुस्तिँदा बैंकिङ प्रणालीमा बढ्दै असन्तुलन
निक्षेप बढ्यो, कर्जा विस्तार सुस्तिँदा बैंकिङ प्रणालीमा बढ्दै असन्तुलन
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग
थाङपालधाप साना किसान सहकारीको तेस्रो अधिवेशन बाट पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति
थाङपालधाप साना किसान सहकारीको तेस्रो अधिवेशन बाट पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति
भोटेकोसी बाढी: केरुङमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
भोटेकोसी बाढी: केरुङमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
इन्द्रावती–५ मा महिलालाई  साडी वितरण हुँदै
इन्द्रावती–५ मा महिलालाई साडी वितरण हुँदै
दशैंको मुखमा चीनबाट सामान आएन, ४ सयभन्दा बढी कन्टेनर प्रभावित
दशैंको मुखमा चीनबाट सामान आएन, ४ सयभन्दा बढी कन्टेनर प्रभावित
सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा असोज १२ गते, लाभांश अनुमोदन गरिँदै
सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा असोज १२ गते, लाभांश अनुमोदन गरिँदै
सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न
सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

तपाईंले छुटाउनुभयो कि?