सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट

digitalchautari digitalchautari
|
शुक्रबार, कार्तिक २०, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट

सारांश

  • सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश वित्तीय सूचकमा सुधार गरेको छ।
  • कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोष, खुद बीमाशुल्क आर्जन, कुल आम्दानी तथा लगानी र कर्जाबाट प्राप्त आम्दानीमा वृद्धि भएको हो।
  • समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष २३.

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश वित्तीय सूचकमा सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोष, खुद बीमाशुल्क आर्जन, कुल आम्दानी तथा लगानी र कर्जाबाट प्राप्त आम्दानीमा वृद्धि भएको हो।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढेर ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म उक्त कोष ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २१.२८ प्रतिशतले वृद्धि भई तीन अर्ब ५४ करोड आठ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले दुई अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीले लगानी तथा कर्जाबाट प्राप्त गर्ने आम्दानीमा पनि ५.८३ प्रतिशतको वृद्धि गरेको छ। यस्तो आम्दानी बढेर ९४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। यसैगरी, कुल आम्दानी १७.५५ प्रतिशतले वृद्धि भई चार अर्ब ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, कम्पनीको कुल खर्च पनि १९.१८ प्रतिशतले बढेर चार अर्ब ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ। विपत्ति कोषमा २.०९ प्रतिशत तथा जगेडा र सञ्चित आम्दानीमा ११.७८ प्रतिशतको वृद्धि देखिएको छ।

यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानी २०.९३ प्रतिशतले बढेर तीन अर्ब ५७ करोड सात लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अभिकर्ता कमिसन खर्च ३२.०७ प्रतिशतले वृद्धि भई २८ करोड ८४ लाख रुपैयाँ कायम भएको छ।

अधिकांश वित्तीय सूचकमा सुधार देखिए पनि कम्पनीको खुद नाफामा भने गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १५.९५ प्रतिशत कम अर्थात् १० करोड २९ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष ९.७८ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा घटेर ८.२२ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो  नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन
विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
​‘आज साँझ चुल्हो बल्छ कि बल्दैन?’: बालाजुको तातो सडकमा रित्तो सिलिन्डर र नागरिकको विवशता
​‘आज साँझ चुल्हो बल्छ कि बल्दैन?’: बालाजुको तातो सडकमा रित्तो सिलिन्डर र नागरिकको विवशता

तपाईंले छुटाउनुभयो कि?