दोस्रो सेतिदेवी कपको सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा

digitalchautari digitalchautari
|
सोमबार, आश्विन २६, २०८३
|
|
३११ पटक हेरिएको
Shares
दोस्रो सेतिदेवी कपको सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा

सारांश

  • दोस्रो सेतिदेवी कप २०८३ अन्तर्गत ‘८ ए’ साइड खुला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
  • उपाधि यात्रामा रहेका चार टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
  • आयोजक बोडगाउँ युवा क्लबले सार्वजनिक गरेको खेलतालिकाअनुसार पहिलो सेमिफाइनलमा इन्द्रावती–४ र सिपा नौलिङ्गेश्वरबीच प्रतिस्पर्धा हुनेछ।

सिन्धुपाल्चोक । दोस्रो सेतिदेवी कप २०८३ अन्तर्गत ‘८ ए’ साइड खुला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। उपाधि यात्रामा रहेका चार टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
आयोजक बोडगाउँ युवा क्लबले सार्वजनिक गरेको खेलतालिकाअनुसार पहिलो सेमिफाइनलमा इन्द्रावती–४ र सिपा नौलिङ्गेश्वरबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बिहान ७:३० बजे सुरु हुनेछ।
त्यस्तै, दोस्रो सेमिफाइनलमा मण्डन स्पोर्ट्स क्लब र ग्रेभिक्स एफसी आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल बिहान ९ बजे सञ्चालन हुनेछ।
दुवै सेमिफाइनलका विजेता टोली उपाधिका लागि भिड्नेछन्। प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजे हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार तामाङ ‘समीर’को प्रमुख आतिथ्यतामा भव्य रूपमा गरिने आयोजक बोडगाउँ युवा क्लबले जनाएको छ।
सेमिफाइनलका रोमाञ्चक प्रतिस्पर्धापछि उपाधि कसले उचाल्ने भन्ने चासो बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा हुने प्रतियोगिता नसर्ने मन्त्रीको दाबी
दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा हुने प्रतियोगिता नसर्ने मन्त्रीको दाबी
निक्षेप बढ्यो, कर्जा विस्तार सुस्तिँदा बैंकिङ प्रणालीमा बढ्दै असन्तुलन
निक्षेप बढ्यो, कर्जा विस्तार सुस्तिँदा बैंकिङ प्रणालीमा बढ्दै असन्तुलन
बैंकलाई सेयर बजारमा लगानी खुला, सरकारले ल्यायो २१ बुँदे पूँजी बजार पुनरुत्थान योजना
बैंकलाई सेयर बजारमा लगानी खुला, सरकारले ल्यायो २१ बुँदे पूँजी बजार पुनरुत्थान योजना
वाणिज्य बैंकहरूको औसत ब्याजदर भदौमा पनि घट्यो, ५ बैंकले घटाए (सूचिसहित)
वाणिज्य बैंकहरूको औसत ब्याजदर भदौमा पनि घट्यो, ५ बैंकले घटाए (सूचिसहित)
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित
गल्छी–मलेखु सडकमा थुप्रिएको लेदो पन्छाइयो, अत्यावश्यक सवारीसाधन सञ्चालनमा
गल्छी–मलेखु सडकमा थुप्रिएको लेदो पन्छाइयो, अत्यावश्यक सवारीसाधन सञ्चालनमा
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

तपाईंले छुटाउनुभयो कि?