बजेटसँगै टोल–टोलमा’ : जनताको कुरा सुन्न सुनकोशीका बस्तीमा पुग्दै सांसद पराजुली

digitalchautari digitalchautari
|
बुधबार, आश्विन २१, २०८३
|
|
९४५ पटक हेरिएको
Shares
बजेटसँगै टोल–टोलमा’ : जनताको कुरा सुन्न सुनकोशीका बस्तीमा पुग्दै सांसद पराजुली

सारांश

  • सिन्धुपाल्चोक क्षेत्र नं.
  • १ का प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुलीले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममार्फत जनताका गुनासा, सुझाव र स्थानीय आवश्यकता प्रत्यक्ष रूपमा सुन्ने भएका छन्।
  • सुनकोशी गाउँपालिकामा असोज २२ गते बिहीबार कार्यक्रम आयोजना गरिएको प्रचार सामग्रीमा उल्लेख छ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुलीले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममार्फत जनताका गुनासा, सुझाव र स्थानीय आवश्यकता प्रत्यक्ष रूपमा सुन्ने भएका छन्।
सुनकोशी गाउँपालिकामा असोज २२ गते बिहीबार कार्यक्रम आयोजना गरिएको प्रचार सामग्रीमा उल्लेख छ। “बजेटसँगै टोल–टोलमा सुन्दै र सुनाउँदै” भन्ने नारासहित आयोजना हुने कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्ने जनाइएको छ।
कार्यक्रमअन्तर्गत स्याले, यमुना डाँडा, सुनखानी हुँदै पार्टीडाँडासम्मका टोल–बस्तीमा पुग्ने सांसद पराजुलीको तयारी छ। स्थानीय नागरिकका समस्या, विकासका आवश्यकता तथा आगामी योजनाबारे प्रत्यक्ष छलफल गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
सांसद पराजुलीले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै बजेट तथा विकास निर्माणका विषयमा जनताको धारणा सुन्ने र आफ्ना योजना तथा प्रतिबद्धता सुनाउने कार्यक्रमका रूपमा यसलाई अघि बढाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा पुस्ता र नैतिक शिक्षा: कुलतविरुद्ध सचेतना र सकारात्मक जीवनशैली
युवा पुस्ता र नैतिक शिक्षा: कुलतविरुद्ध सचेतना र सकारात्मक जीवनशैली
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम
एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम
मन्त्री छनोटदेखि सभामुखसम्म विवाद, बागमतीमा नेकपाभित्र बढ्यो शक्ति संघर्ष
मन्त्री छनोटदेखि सभामुखसम्म विवाद, बागमतीमा नेकपाभित्र बढ्यो शक्ति संघर्ष
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न  राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

तपाईंले छुटाउनुभयो कि?