स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो

digitalchautari digitalchautari
|
शुक्रबार, आश्विन १६, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो

सारांश

  • जिल्लास्तरीय स्वास्थ्य सेवा तथा कार्यक्रम कार्यसम्पादन मूल्यांकनमा सुनकोशी गाउँपालिका प्रथम भएको छ ।
  • स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्रमहरुको विभिन्न जनस्वास्थ्य सेवाका सुचकहरु तथा कार्यसम्पादनक आधारमा गरेको मूल्यांकनमा सुनकोशी गाउँपालिका प्रथम, पाँचपोखरी थाङपाल गाउँपालिका दोस्रो, त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो र हेलम्बु गाउँपालिका सान्त्वना भएको हो ।
  • जनस्वास्थ्य कार्यालयको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम समापनको अवसरमा आयोजित कार्यक्रममा आज स्वास्थ्य कार्यक्रमको कार्यसम्पादन, सेवा प्रवाह तथा स्वास्थ्य क्षेत्रका विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनबाट उत्कृष्ट पालिकाहरू छनोट गरिएको जनाइएको छ ।

जिल्लास्तरीय स्वास्थ्य सेवा तथा कार्यक्रम कार्यसम्पादन मूल्यांकनमा सुनकोशी गाउँपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्रमहरुको विभिन्न जनस्वास्थ्य सेवाका सुचकहरु तथा कार्यसम्पादनक आधारमा गरेको मूल्यांकनमा सुनकोशी गाउँपालिका प्रथम, पाँचपोखरी थाङपाल गाउँपालिका दोस्रो, त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो र हेलम्बु गाउँपालिका सान्त्वना भएको हो ।
जनस्वास्थ्य कार्यालयको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम समापनको अवसरमा आयोजित कार्यक्रममा आज स्वास्थ्य कार्यक्रमको कार्यसम्पादन, सेवा प्रवाह तथा स्वास्थ्य क्षेत्रका विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनबाट उत्कृष्ट पालिकाहरू छनोट गरिएको जनाइएको छ ।
जनस्वास्थ्य कार्यालयका तथ्यांक सहायक अस्मिता श्रेष्ठका अनुसार स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम तथा सूचकमा प्राप्त उपलब्धिका आधारमा पालिकाहरूको मूल्यांकन गरिएको हो ।
उत्कृष्ट स्थान हासिल गर्ने पालिकालाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, निमित्त प्रमुख जिल्ला अधिकारी श्रीकृष्णप्रसाद शर्मा, समन्वय अधिकारी राजेन्द्र अर्याल, चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विवेक भण्डारी, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईं तथा स्वास्थ्य निर्देशनालय बागमतीका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेल लगायतले सम्मान गर्नुभएको जनस्वास्थ्य अधिकृत निसान सापकोटाले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित सेवा प्रवाह र तथ्यांक व्यवस्थापनलगायतका क्षेत्रमा पालिकाहरूले गरेको कार्यसम्पादनलाई मूल्यांकनको आधार बनाइएको जनाइएको छ ।
यस उपलब्धिले पालिकास्तरमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा स्वास्थ्य कार्यक्रमको कार्यान्वयनमा प्रतिस्पर्धात्मक र सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित
जीवन बीमाको बजारमा बागमतीको दबदबा, साउनमै १३ अर्बभन्दा बढी बीमाशुल्क संकलन
जीवन बीमाको बजारमा बागमतीको दबदबा, साउनमै १३ अर्बभन्दा बढी बीमाशुल्क संकलन
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस
राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

तपाईंले छुटाउनुभयो कि?