बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र २५, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय

सारांश

  • बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय काठमाडौँ ।
  • बागमती प्रदेश सरकारले प्रदेश मातहत कार्यरत अस्थायी तथा करार कर्मचारीको तलबमान र प्रोत्साहन भत्तालाई व्यवस्थित तथा न्यायोचित बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
  • बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश मातहत कार्यरत अस्थायी तथा करार कर्मचारीको तलबमान र प्रोत्साहन भत्तालाई व्यवस्थित तथा न्यायोचित बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार संघीय सरकारले गरेको तलब वृद्धि प्रदेश सरकारले समेत कार्यान्वयन गर्नुपर्ने भएकाले प्रदेश मातहतका अधिकृत ११औँ तहदेखि कार्यालय सहयोगीसम्मको तलबमान संघीय व्यवस्थासँग नबाझिने गरी यकिन गर्न कार्यदल गठन गर्न लागिएको हो।

त्यस्तै, अस्थायी तथा करार कर्मचारीले पाउने प्रोत्साहन भत्ताको रकममा देखिएको अन्योल हटाउन पनि कार्यदलले अध्ययन गर्नेछ। संघ तथा अन्य प्रदेशमा रहेको व्यवस्था अध्ययन गरी सबैलाई सन्तुलित, समान र न्यायोचित हुने गरी उपयुक्त व्यवस्था सिफारिस गर्ने जिम्मेवारी कार्यदललाई दिइने जनाइएको छ।

मन्त्रिपरिषद् बैठकले प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत अस्थायी कर्मचारीहरूको सालबसाली दरबन्दीसमेत स्वीकृत गरेको छ।

बाख्रा र मत्स्य विकास केन्द्र मर्ज गर्ने निर्णय उल्टियो

यसैबीच, प्रदेश सरकारले बाख्रा विकास केन्द्र, चित्लाङ र मत्स्य विकास केन्द्र, कुलेखानीलाई गाभ्ने यसअघिको निर्णय उल्ट्याएको छ।

माछा र बाख्रा विकासको कार्यक्षेत्र फरक रहेको भन्दै दुवै कार्यालयलाई पूर्ववत् अवस्थामा फर्काएर छुट्टाछुट्टै रूपमा सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

यस निर्णयसँगै बाख्रा विकास केन्द्र, चित्लाङ र मत्स्य विकास केन्द्र, कुलेखानी पुनः अलग–अलग कार्यालयका रूपमा कायम हुने भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
सानिमा बैंक को नाफा ४२.२% ले बढ्यो, २ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा
सानिमा बैंक को नाफा ४२.२% ले बढ्यो, २ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?
फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी
विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी
प्रमुख सचेतक नहुँदा कोशी प्रदेशसभामा विधेयक व्यवस्थापन र ह्वीप प्रणाली प्रभावित
प्रमुख सचेतक नहुँदा कोशी प्रदेशसभामा विधेयक व्यवस्थापन र ह्वीप प्रणाली प्रभावित
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार  गम्भीर भएन
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार गम्भीर भएन

तपाईंले छुटाउनुभयो कि?