नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँमा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक रुट खोजिँदै

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १७, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँमा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक रुट खोजिँदै

सारांश

  • चीनतर्फबाट आएको बाढीका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक उपाय खोजिएको छ।
  • मुख्य राजमार्ग अवरुद्ध हुँदा ग्यास बुलेटमार्फत नियमित आपूर्ति हुन नसकेपछि काठमाडौँ बाहिरका ग्यास उद्योगमा सिलिन्डर भरेर वैकल्पिक सडकमार्गबाट उपत्यका ल्याउने तयारी गरिएको हो।
  • यस विषयमा मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ।

काठमाडौँ । चीनतर्फबाट आएको बाढीका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक उपाय खोजिएको छ।
मुख्य राजमार्ग अवरुद्ध हुँदा ग्यास बुलेटमार्फत नियमित आपूर्ति हुन नसकेपछि काठमाडौँ बाहिरका ग्यास उद्योगमा सिलिन्डर भरेर वैकल्पिक सडकमार्गबाट उपत्यका ल्याउने तयारी गरिएको हो।
यस विषयमा मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ। छलफलमा प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी उपरीक्षक (एसपी), सडक डिभिजनका प्रतिनिधि, नारायणी ट्रक व्यवसायी समितिका पदाधिकारी तथा एलपी ग्यास व्यवसायीहरूको सहभागिता रहेको थियो।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहका अनुसार मुख्य राजमार्ग बन्द भएपछि उपत्यकामा ग्यासको समस्या देखिन थालेकाले वैकल्पिक माध्यमबाट आपूर्ति गर्ने तयारी अघि बढाइएको हो।
उनका अनुसार काठमाडौँ बाहिर रहेका ग्यास उद्योगमा सिलिन्डर भरेर ट्रकमार्फत उपत्यकामा पठाउने योजना बनाइएको छ। कान्तिराजपथ, त्रिभुवन राजपथलगायत सम्भावित वैकल्पिक सडकमार्ग प्रयोग गरी ग्यास ढुवानी गर्ने विषयमा छलफल भएको हो।
यसैबीच, मंगलबार काठमाडौँ बाहिर बोटलिङ गरिएका करिब ४ हजार सिलिन्डर ग्यास उपत्यकामा ल्याइएको शाहले जानकारी दिएका छन्।
बाढीका कारण मुख्य सडक कहिले सञ्चालनमा आउँछ भन्ने निश्चित नभएकाले उपभोक्तालाई ग्यास अभाव हुन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, ट्रक व्यवसायी र ग्यास उद्योगीबीच समन्वय गरी आपूर्ति व्यवस्थापन गर्न लागिएको हो।
बैठकले वैकल्पिक सडकमार्गबाट ग्यास ढुवानी गर्दा आवश्यक सुरक्षा व्यवस्था तथा सडकको अवस्था हेरेर आवागमन सहज बनाउने विषयमा निर्णय गर्ने बताइएको छ।
यसअघि मुख्य राजमार्ग हुँदै ग्यास बुलेटमार्फत हुँदै आएको आपूर्ति प्रभावित भएपछि उपत्यकामा ग्यासको अभाव हुन सक्ने चिन्ता बढेको थियो। वैकल्पिक रुटबाट सिलिन्डर ढुवानी सुरु भएमा तत्कालका लागि उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
विद्यालयको लापरबाहीले २ वर्षीय बालक पाँच घण्टा । कक्षाकोठामै थुनिए
विद्यालयको लापरबाहीले २ वर्षीय बालक पाँच घण्टा । कक्षाकोठामै थुनिए
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान
प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश ल्याउने सरकारको निर्णय, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश ल्याउने सरकारको निर्णय, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु
हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा

तपाईंले छुटाउनुभयो कि?