रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
१.४K पटक हेरिएको
Shares
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
  • न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।
  • रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आवद्ध हुन पाएको भन्दै खुसी व्यक्त गरे ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आवद्ध हुन पाएको भन्दै खुसी व्यक्त गरे । मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सही निकास दिन कांग्रेस सभापति थापा नेतृत्वसहित कांग्रेस अघि बढिरहेकाले आफू कांग्रेसमा आवद्ध भएको बताए ।

उनले कांग्रेसमा आबद्ध भएर आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

सभापति थापाले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा सभापति थापाले न्यौपानेलाई पार्टीका नेता–कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय भएर काम गर्न आग्रह गरेका थिए । न्यौपानेको कांग्रेस प्रवेशले सर्लाहीमा कांग्रेसको संगठन विस्तारमा सघाउ पुग्ने थापाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन
आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन
कृतज्ञताको शक्ति: प्राप्त आशिष् र सफलताप्रति आभार व्यक्त गर्ने संस्कार
कृतज्ञताको शक्ति: प्राप्त आशिष् र सफलताप्रति आभार व्यक्त गर्ने संस्कार
बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण
बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
एकपछि अर्को विपद्, संकटमा स्वदेशी बीमा तथा पुनर्बीमा कम्पनी
एकपछि अर्को विपद्, संकटमा स्वदेशी बीमा तथा पुनर्बीमा कम्पनी
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो

तपाईंले छुटाउनुभयो कि?