१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी

digitalchautari digitalchautari
|
शुक्रबार, भाद्र १९, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी

सारांश

  • काठमाडौं — रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि फसेका ललितपुरका कविर महर्जनको शुक्रबार सकुशल जीवितै उद्धार गरिएको छ।
  • भदौ १० गते आएको बाढीपछि सुरुङभित्र फसेका महर्जनलाई नेपाली सेनासहित विज्ञ तथा प्राविधिकको टोलीले शुक्रबार बिहान सकुशल उद्धार गरेको हो।
  • उद्धारपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

काठमाडौं — रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि फसेका ललितपुरका कविर महर्जनको शुक्रबार सकुशल जीवितै उद्धार गरिएको छ।

भदौ १० गते आएको बाढीपछि सुरुङभित्र फसेका महर्जनलाई नेपाली सेनासहित विज्ञ तथा प्राविधिकको टोलीले शुक्रबार बिहान सकुशल उद्धार गरेको हो। उद्धारपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

हाल महर्जनको सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचार भइरहेको छ। उनको अवस्था चिकित्सकको निगरानीमा रहेको परिवारले जनाएको छ।

श्रीमानलाई भेट्न सैनिक अस्पताल पुगेकी उनकी श्रीमती हिराशोभा महर्जनले कविर जीवितै फर्किएपछि परिवारमा खुसीको सीमा नरहेको बताइन्।

उनका अनुसार कविरले सुरुमा आफूलाई समेत चिन्न सकेका थिएनन्। अहिले भने अलिअलि बोल्न थालेका छन्। उनको खुट्टामा सामान्य चोट लागेको छ भने शरीर पहेँलो देखिएको कारण चिकित्सकको निगरानीमा राखिएको परिवारले जनाएको छ।

हिराशोभाले भनिन्, “उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन। उहाँ फर्किँदा हामी एकदमै खुशी छौँ। परिवारमा सबै खुशी हुनुभएको छ। उहाँको जीवन बचाइदिनुभएकोमा नेपाली सेनालाई धन्यवाद।”

कविर महर्जन त्रिशूली–३ ‘ए’ आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन्।

१० दिनसम्म सुरुङभित्र जीवन र मृत्युको दोसाँधमा रहेका महर्जनको जीवितै उद्धार भएपछि परिवारसँगै उद्धारमा खटिएको टोली र शुभेच्छुकमा समेत खुसी छाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो
सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो
चैतसम्म ग्लोबल आइएमई बैंकले कमायो रु. ४.४० अर्ब, अन्य सूचक कस्ता ?
चैतसम्म ग्लोबल आइएमई बैंकले कमायो रु. ४.४० अर्ब, अन्य सूचक कस्ता ?
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
गृहमन्त्री नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति
गृहमन्त्री नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन
नीतिगत सुधारबीच नेप्सेमा गिरावट, कारोबार रकम ६ अर्ब २८ करोड
नीतिगत सुधारबीच नेप्सेमा गिरावट, कारोबार रकम ६ अर्ब २८ करोड
विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

तपाईंले छुटाउनुभयो कि?