प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरा पुगे

digitalchautari digitalchautari
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
३५३ पटक हेरिएको
Shares
प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरा पुगे

सारांश

  • निजी भ्रमणका लागि निस्किनुभएका प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पोखरा पुग्नुभएको छ।
  • प्रधानमन्त्री शाह काठमाडौंबाट सडकमार्ग हुँदै शुक्रबार दिउँसो पोखरा पुग्नुभएको हो।
  • उहाँ शुक्रबार राति कास्कीको माछापुच्छ्रे गाउँपालिका–स्थित आस्तमको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्ने कार्यक्रम रहेको बताइएको छ।

काठमाडौँ । निजी भ्रमणका लागि निस्किनुभएका प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पोखरा पुग्नुभएको छ।

प्रधानमन्त्री शाह काठमाडौंबाट सडकमार्ग हुँदै शुक्रबार दिउँसो पोखरा पुग्नुभएको हो। उहाँ शुक्रबार राति कास्कीको माछापुच्छ्रे गाउँपालिका–स्थित आस्तमको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्ने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै रिसोर्ट र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। रिसोर्टमा अन्य पाहुनाको बुकिङ रद्द गर्नुका साथै कर्मचारीबाहेक अन्य व्यक्तिको प्रवेशमा रोक लगाइएको बताइएको छ।

प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रमअनुसार पोखरा पुग्नुभएको बताइएको छ। यद्यपि मुस्ताङ भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिएको छैन। उहाँले प्रसिद्ध मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने बुझिएको छ।

मुस्ताङमा पनि प्रधानमन्त्रीको भ्रमणबारे सुरक्षा निकायलाई औपचारिक जानकारी गराइएको छैन। सञ्चारमाध्यममा आएका सूचनाका आधारमा भने सुरक्षा व्यवस्थापनको तयारी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभएको छ।

प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक निजी भ्रमणमा निस्किनुभएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइयो, तस्करी नियन्त्रणमा सुरक्षा समिति सक्रिय
झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइयो, तस्करी नियन्त्रणमा सुरक्षा समिति सक्रिय
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
सरकारले जनतालाई निराश बनायो, महँगी र भ्रष्टाचार बढ्यो : उपेन्द्र यादव
सरकारले जनतालाई निराश बनायो, महँगी र भ्रष्टाचार बढ्यो : उपेन्द्र यादव
रवि लामिछाने : युवा नेतृत्वले मात्रै देशको सपना पूरा हुँदैन, परिणाम दिनुपर्छ
रवि लामिछाने : युवा नेतृत्वले मात्रै देशको सपना पूरा हुँदैन, परिणाम दिनुपर्छ
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन
रसुवा बाढी प्रभावित बीमितलाई ६ महिनासम्म ब्याज छुट
रसुवा बाढी प्रभावित बीमितलाई ६ महिनासम्म ब्याज छुट
बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा
बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड

तपाईंले छुटाउनुभयो कि?