साइबर कानूनको बहानामा पत्रकारलाई त्रसित पार्ने सरकारको मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना

digitalchautari digitalchautari
|
आइतबार, आषाढ २१, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
साइबर कानूनको बहानामा पत्रकारलाई त्रसित पार्ने सरकारको मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना

सारांश

  • सूचना तथा सञ्चारमन्त्री डा.
  • विक्रम तिमिल्सिनाले सरकारले साइबर कानून वा अन्य कुनै पनि कानूनको बहानामा पत्रकारिता क्षेत्रलाई त्रसित पार्ने कुनै मनसाय नरहेको स्पष्ट पार्नुभएको छ।
  • नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले साइबर कानून वा अन्य कुनै पनि कानूनको बहानामा पत्रकारिता क्षेत्रलाई त्रसित पार्ने कुनै मनसाय नरहेको स्पष्ट पार्नुभएको छ।

नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले सञ्चारमाध्यमहरू जिम्मेवार र व्यवस्थित बने सरकारलाई साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था नै नआउने उल्लेख गर्नुभयो। सञ्चारमाध्यम बन्द नगरेको आरोपसमेत खेप्नुपरेको अनुभव सुनाउँदै उहाँले सञ्चार क्षेत्रलाई थप जिम्मेवार बनाउने विषयमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो।

मन्त्री तिमिल्सिनाले पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेपको परिणाम राम्रो नहुने विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै सरकारको त्यस्तो कुनै नीति, सोच वा उद्देश्य नरहेको स्पष्ट पार्नुभयो।

उहाँले सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन सरकार सधैं तयार रहेको दोहोर्याउँदै गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउन आग्रह गर्नुभयो। सञ्चार क्षेत्रको हित, संरक्षण र उन्नयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि
पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस
राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस

तपाईंले छुटाउनुभयो कि?