श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न

digitalchautari digitalchautari
|
बुधबार, जेठ ६, २०८३
|
|
८४७ पटक हेरिएको
Shares
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न

सारांश

  • अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम अधिकार तथा मानव बेचबिखनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुनिता फाउण्डेशनद्वारा मेलम्ची नगरपालिका–४, थकनी, बसेरी, सिन्धुपाल्चोकमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
  • कार्यक्रमको मुख्य उद्देश्य समुदायका व्यक्तिहरूलाई श्रम अधिकार, सुरक्षित वैदेशिक रोजगारी, मानव बेचबिखनका जोखिम तथा त्यसबाट बच्ने उपायबारे सचेत गराउनु रहेको थियो ।
  • कार्यक्रममा श्रमिकका आधारभूत अधिकार, वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी तथा शोषणबाट जोगिने उपाय, मानव बेचबिखनको परिभाषा र बदलिँदो स्वरूपबारे विस्तृत छलफल गरिएको थियो।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम अधिकार तथा मानव बेचबिखनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुनिता फाउण्डेशनद्वारा मेलम्ची नगरपालिका–४, थकनी, बसेरी, सिन्धुपाल्चोकमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य समुदायका व्यक्तिहरूलाई श्रम अधिकार, सुरक्षित वैदेशिक रोजगारी, मानव बेचबिखनका जोखिम तथा त्यसबाट बच्ने उपायबारे सचेत गराउनु रहेको थियो ।
कार्यक्रममा श्रमिकका आधारभूत अधिकार, वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी तथा शोषणबाट जोगिने उपाय, मानव बेचबिखनको परिभाषा र बदलिँदो स्वरूपबारे विस्तृत छलफल गरिएको थियो। साथै लैङ्गिक असमानता, विभेद, हिंसा तथा यस्ता समस्याले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिर्जना गर्ने मानव बेचबिखनका जोखिमहरूबारे पनि जानकारी प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न समूहमा आबद्ध महिला, पुरुष, युवा, विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका तथा किशोरकिशोरीहरूको समावेशी तथा अर्थपूर्ण सहभागिता रहेको थियो। समुदायमा मानव बेचबिखनविरुद्ध यस्ता छलफल कार्यक्रम कम हुने भएकाले सहभागीहरूले विषयप्रति विशेष चासोका साथ उपस्थिति जनाएको बताएका थिए। सहभागीहरूले कार्यक्रममार्फत धेरै नयाँ जानकारी तथा सिकाइ प्राप्त भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने अपेक्षा व्यक्त गरेका थिए ।
मानव बेचबिखनविरुद्ध सञ्चालित उक्त कार्यक्रमको सहजीकरण परियोजना अधिकृत संगिता नेपालीले गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै सुरक्षित, सचेत र मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै एकजुट हुन आह्वान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति
तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति
एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम
एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम
बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी
विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी
प्रदेश बजेटमा कडाइ: बागमतीले २० लाखभन्दा कमका खानेपानी र ५० लाखभन्दा कमका पूर्वाधार योजना नसमेट्ने
प्रदेश बजेटमा कडाइ: बागमतीले २० लाखभन्दा कमका खानेपानी र ५० लाखभन्दा कमका पूर्वाधार योजना नसमेट्ने
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
गृहमन्त्री सुधन गुरुङ  रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे
गृहमन्त्री सुधन गुरुङ रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना
साइबर कानूनको बहानामा पत्रकारलाई त्रसित पार्ने सरकारको मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना
साइबर कानूनको बहानामा पत्रकारलाई त्रसित पार्ने सरकारको मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना

तपाईंले छुटाउनुभयो कि?