औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुने खतरा: महानिर्देशक बस्नेत

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख १५, २०८३
|
|
२५६ पटक हेरिएको
Shares
औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुने खतरा: महानिर्देशक बस्नेत

सारांश

  • उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकशिल मुुलुकमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने खतरा रहेको बताउनुभएको छ ।
  • विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा काठमाडाैंमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
  • उहाँले एलडीसी ग्रजुएसनपछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका विभिन्न छुट र सुविधाहरू कटौती हुने भन्दै उहाँले यसले विशेषगरी औषधि उत्पादन क्षेत्रमा ठूलो प्रभाव पार्ने बताउनुभयो ।

काठमाडाैं । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकशिल मुुलुकमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने खतरा रहेको बताउनुभएको छ ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा काठमाडाैंमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले एलडीसी ग्रजुएसनपछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका विभिन्न छुट र सुविधाहरू कटौती हुने भन्दै उहाँले यसले विशेषगरी औषधि उत्पादन क्षेत्रमा ठूलो प्रभाव पार्ने बताउनुभयो । महानिर्देशक बस्नेतले नेपाल हाल अल्पविकसित राष्ट्रको सूचीमा रहेकाले औषधि र खोप उत्पादन गर्दा बौद्धिक सम्पत्तिको प्याटेन्ट अधिकार नलिकनै उत्पादन गर्न पाउने विशेष सुविधा उपभोग गरिरहेको बताउनुभएकाे छ । तर स्तरोन्नति भएपछि नेपालले प्याटेन्ट अधिकार भएका कम्पनीहरूलाई रोयल्टी तिर्नुपर्ने हुन्छ । जसले गर्दा नेपालमै उत्पादन भइरहेका औषधिको मूल्य स्वाट्टै बढ्नसक्ने अवस्था रहने उहाँको भनाइ छ ।…

महानिर्देशक बस्नेतले औषधी र खोपको मुख्य बढ्दा निजी क्षेत्र र औषधि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रत्यक्ष असर पुर्‍याउने बताउनुभयो । व्यापारिक सहुलियतहरू हट्दा र उत्पादन लागत बढ्दा हालको कर प्रणालीमा समेत परिवर्तन ल्याउनुपर्ने स्थिति आउने बताउँदै उहाँले नेपालले भारत र अन्य तेस्रो मुलुकसँगको व्यापारमा पाउँदै आएका सुविधाहरू पनि एलडीसी ग्रजुएसनपछि नपाउने स्थिति रहने बताउनुभएकाे छ ।

महानिर्देशक बस्नेतले यो चुनौती औषधि क्षेत्रमा मात्र सीमित नभई अन्य थुप्रै क्षेत्रमा पनि देखिने बताउनुभयाे । भविष्यमा आउन सक्ने यस्ता जोखिमहरूलाई सम्बोधन गर्न सरकारले अहिले नै ठोस जोखिम न्युनिकरण रणनीति बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएकाे छ। यस्ता परिवर्तनले व्यावसायिक वातावरण र उपभोक्ताको क्रयशक्तिमा समेत प्रभाव पार्ने भएकाले यसकाे बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको उहाँको भनाइ रहेको थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
कांग्रेस महाधिवेशन : असोज २२ मा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
कांग्रेस महाधिवेशन : असोज २२ मा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

तपाईंले छुटाउनुभयो कि?