सुकुमबासी र फुटपाथ व्यवसायीमाथि अमानवीय व्यवहार नगर्न सरकारलाई हर्क साम्पाङको आग्रह

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख ८, २०८३
|
|
७२९ पटक हेरिएको
Shares
सुकुमबासी र फुटपाथ व्यवसायीमाथि अमानवीय व्यवहार नगर्न सरकारलाई हर्क साम्पाङको आग्रह

सारांश

  • हर्क साम्पाङ राई ले सुकुमबासी तथा फुटपाथका व्यवसायीमाथि राज्यले अमानवीय व्यवहार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
  • श्रम संस्कृति पार्टी का अध्यक्षसमेत रहेका उनले आज आयोजित पत्रकार सम्मेलनमा नागरिकलाई गरिखाने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।
  • उनले नागरिकलाई जीवनयापनका लागि व्यवसाय गर्न पाउनु नै पहिलो अधिकार भएको बताउँदै राज्यले दमनको बाटो नअपनाउन चेतावनी दिए।

काठमाडौं । हर्क साम्पाङ राई ले सुकुमबासी तथा फुटपाथका व्यवसायीमाथि राज्यले अमानवीय व्यवहार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। श्रम संस्कृति पार्टी का अध्यक्षसमेत रहेका उनले आज आयोजित पत्रकार सम्मेलनमा नागरिकलाई गरिखाने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।
उनले नागरिकलाई जीवनयापनका लागि व्यवसाय गर्न पाउनु नै पहिलो अधिकार भएको बताउँदै राज्यले दमनको बाटो नअपनाउन चेतावनी दिए। साम्पाङले भने, “सरकारलाई सल्लाह दिन चाहन्छु, नागरिकलाई कहिले घाँटीमा न्याँकेको देखिन्छ, घोक्राइमुन्टाइ गर्दै गरेको देखिन्छ। शान्ति–सुरक्षा केन्द्र सरकारको मातहतमा छ, यस्तो व्यवहार नगरौँ।”
उनका अनुसार काठमाडौंको रत्नपार्क क्षेत्रमा साँझको समयमा व्यापार गर्दै आएका साना व्यवसायीलाई धपाइँदा उनीहरू मर्कामा परेका छन्।
साम्पाङले सबैभन्दा पहिले मानिसको भात खाने अधिकार हुने उल्लेख गर्दै राज्यले विकल्प नदिई व्यवसाय गर्न रोक लगाउनु उचित नभएको बताए। “मान्छेले भात खानका लागि व्यवसाय गरिरहेको हुन्छ। यदि व्यवसाय गर्न नदिने हो भने त्यसको विकल्प दिनुपर्छ। काम गरेर खान नदिएपछि के गर्ने ? भोक लागेपछि पेटले नियम मान्दैन, त्यसले मानिसलाई आपराधिक गतिविधितर्फ धकेल्न सक्छ,” उनले भने।
त्यस्तै, पशुपतिनाथ मन्दिर क्षेत्रमा डोजर चलाइएपछि एक परिवार पुलमुनि बस्न बाध्य भएको उल्लेख गर्दै उनले राज्यले त्यस्ता परिवारको व्यवस्थापन गर्नुपर्ने बताए।
गाँस, बास र कपास नागरिकको मौलिक हक भएको उल्लेख गर्दै उनले राज्य जनताको सारथि बन्नुपर्ने धारणा राखे। “जनताभन्दा हामी ठूलो हुँदैनौँ। जनताले भोट दिएर प्रधानमन्त्री र गृहमन्त्री बनाएका हुन्। पुलमुनि बसिरहेको परिवार कहाँ बस्ने ? राज्यले व्यवस्थापन गर्न सकेन भने राज्य असफलताको बाटोमा जान्छ,” साम्पाङले भने।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
रिलायबल नेपाल लाइफको २ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
रिलायबल नेपाल लाइफको २ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
मन्त्री यादवको विस्फोटक आरोप : ‘कर्मचारीले उद्योगीको कुरा मान्छन्, सरकारको निर्देशन मान्दैनन्’
मन्त्री यादवको विस्फोटक आरोप : ‘कर्मचारीले उद्योगीको कुरा मान्छन्, सरकारको निर्देशन मान्दैनन्’
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने

तपाईंले छुटाउनुभयो कि?