पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र ४, २०८३
|
|
४४० पटक हेरिएको
Shares
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने

सारांश

  • सूचना तथा सञ्चारमन्त्री डा.
  • विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण तथा लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सुधारको गृहकार्य अघि बढाउन निर्देशन दिएका छन्।
  • सञ्चार मन्त्रालयमा बिहीबार सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका अधिकारीसँग भएको छलफलमा एउटै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेका धेरै पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन लिने, वास्तविकभन्दा बढी पत्रिका छापेको विवरण पेस गर्ने तथा काउन्सिलमा बुझाइएको विवरण र वास्तविक प्रकाशन सङ्ख्याबीच फरक हुने समस्या उठाइएको थियो।

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण तथा लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सुधारको गृहकार्य अघि बढाउन निर्देशन दिएका छन्।

सञ्चार मन्त्रालयमा बिहीबार सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका अधिकारीसँग भएको छलफलमा एउटै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेका धेरै पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन लिने, वास्तविकभन्दा बढी पत्रिका छापेको विवरण पेस गर्ने तथा काउन्सिलमा बुझाइएको विवरण र वास्तविक प्रकाशन सङ्ख्याबीच फरक हुने समस्या उठाइएको थियो।

अधिकारीहरूले केही पत्रपत्रिकाले काउन्सिलमा पेस गरेको विवरणभन्दा कम सङ्ख्यामा प्रकाशन गर्ने गरेको र नमुना छनोट गरी स्थलगत निरीक्षण गर्दा समेत विवरण र वास्तविक अवस्थाबीच फरक भेटिएको जानकारी गराएका थिए।

छलफलपछि मन्त्री तिमिल्सिनाले वास्तविक प्रकाशन तथा वितरण सङ्ख्या यकिन गर्ने प्रभावकारी प्रणाली बनाउन, वर्गीकरणका आधार स्पष्ट पार्न र लोककल्याणकारी विज्ञापन वितरणलाई पारदर्शी तथा विधिसम्मत बनाउन निर्देशन दिए।

सरकारी विज्ञापनमा हुने दोहोरोपन हटाउँदै सीमित स्रोतको प्रभावकारी उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।

मन्त्रालयले पछिल्लो समय अनलाइन, डिजिटल तथा मल्टिमिडिया सञ्चारमाध्यमको विस्तारसँगै विज्ञापन बजार डिजिटलतर्फ सर्दै गएको अवस्थालाई ध्यानमा राख्दै छापा, अनलाइन र अन्य डिजिटल माध्यमलाई समेट्ने एकीकृत वर्गीकरण प्रणालीको सम्भावनाबारे समेत अध्ययन गर्ने तयारी गरेको छ।

यस्तै, प्रेस काउन्सिलको आर्थिक तथा प्रशासनिक काम पारदर्शी र व्यवस्थित बनाउन तथा महालेखापरीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजु समयमै फछ्र्यौट गर्न पनि मन्त्री तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
नयाँ तलबमान घोषणा: कुन पदको तलब कति बढ्यो?
नयाँ तलबमान घोषणा: कुन पदको तलब कति बढ्यो?
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति
रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार
रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक

तपाईंले छुटाउनुभयो कि?