सुदूरपश्चिममा २२ हजार बढी प्रहरी खटाइँदै

डिजिटल चौतारी डिजिटल चौतारी
|
सोमबार, माघ १९, २०८२
|
|
१.१K पटक हेरिएको
Shares
सुदूरपश्चिममा २२ हजार बढी प्रहरी खटाइँदै

सारांश

  • २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ७ हजार बढी प्रहरी परिचालन गरिने भएको छ ।
  • प्रदेश प्रहरी कार्यालय धनगढीले ९ वटै जिल्लामा हुने निर्वाचन लक्षित सुरक्षा चुनौती विश्लेषण गर्दै सात हजार ५८ जना प्रहरी परिचालन गर्ने जानकारी दिएको हो ।
  • प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले सात हजार ५८ जना नेपाल प्रहरी र १३ हजार ६६९ जना निर्वाचन प्रहरी खटाइने जानकारी दिए ।

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ७ हजार बढी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले ९ वटै जिल्लामा हुने निर्वाचन लक्षित सुरक्षा चुनौती विश्लेषण गर्दै सात हजार ५८ जना प्रहरी परिचालन गर्ने जानकारी दिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले सात हजार ५८ जना नेपाल प्रहरी र १३ हजार ६६९ जना निर्वाचन प्रहरी खटाइने जानकारी दिए । सशस्त्र प्रहरीतर्फ भने एक हजार ५१९ निर्वाचन प्रहरी रहनेछन् ।

२१ फागुनमा हुने निर्वाचनका लागि सुदूरपश्चिममा १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन् । उनीहरू मध्ये आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरूष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलको वर्गीकरण गर्दै सोही अनुसार व्यवस्था मिलाइएको छ । एसएसपी विष्टका अनुसार सुदूरपश्चिममा एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये मतदान स्थल ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

यस्तै मतदान केन्द्रतर्फ ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशीलको सूचीमा छन् । सामान्यमा मतदान केन्द्रमा ५ जना, संवेदनशीलमा ६ जना र अतिसंवेदनशीलमा १० जना प्रहरी परिचालन हुनेछन् ।

मतदान स्थलको भित्री सुरक्षामा उनीहरू परिचालन भएपनि बाहिरी सुरक्षामा भने थप प्रहरी खटाइने छ । सुदूरपश्चिम प्रदेशमा योपटक २४ राजनीतिक दलले निर्वाचनमा भाग लिएका छन् ।

विगतका निर्वाचनमा भएका घटना लगायतका आधारमा बाजुरा, बझाङ, अछाम र दार्चुलालाई अतिसंदेनशीलको सूचीमा राखेको छ । यी जिल्लाका मतदान स्थल र मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवभन्दा शक्तिशाली बन्दैछ एआई ? प्रविधि कम्पनीहरू नै किन भए चिन्तित
मानवभन्दा शक्तिशाली बन्दैछ एआई ? प्रविधि कम्पनीहरू नै किन भए चिन्तित
एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम
एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

तपाईंले छुटाउनुभयो कि?