पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्चको फैसला

digitalchautari digitalchautari
|
सोमबार, बैशाख १४, २०८३
|
|
३६३ पटक हेरिएको
Shares
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्चको फैसला

सारांश

  • सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ।
  • कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल, न्यायधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज यसअघि सुविधा पाउने गरी गरी भएको व्यवस्था खारेज हुने फैसला गरेको हो।
  • सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वपदाधिकारीहरूलाई विदेशमा उपचार गराउदा लागेको खर्च सरकारले व्यहोर्ने नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७३ को दफा १२ (१) को व्यवस्था खारेज गरिएको हो।

काठमाडाैं । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ।

कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल, न्यायधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज यसअघि सुविधा पाउने गरी गरी भएको व्यवस्था खारेज हुने फैसला गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वपदाधिकारीहरूलाई विदेशमा उपचार गराउदा लागेको खर्च सरकारले व्यहोर्ने नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७३ को दफा १२ (१) को व्यवस्था खारेज गरिएको हो।

उक्त कार्यविधिमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीश, पूर्वउपसभामुख, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, पूर्वसांसद, पूर्वसंवैधानिक निकायका पदाधिकारीको निश्चित सीमा तोकी विदेशमा गराएको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था रहेको थियो।

पूर्वविशिष्ट पदाधिकारीको उपचार खर्च कटौती गर्न माग गर्दै विसं २०७९ मा अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद नेपाल (स्वागत) रिट निवेदन दायर गरेका थिए। स्वदेशमा उपचार गर्दा भने सरकारले खर्च दिने व्यवस्था यथावत छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स
चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक असल अभ्यास आदान–प्रदान सम्पन्न
चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक असल अभ्यास आदान–प्रदान सम्पन्न
‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव : कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह
‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव : कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत
बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत

तपाईंले छुटाउनुभयो कि?