देउवाको आरोप : ‘१८ करोडमा पार्टी किन्ने प्रयास भयो’, आधिकारिकता विवादमा निष्पक्ष छानबिन माग

डिजिटल चौतारी डिजिटल चौतारी
|
शनिबार, कार्तिक २१, २०८३
|
|
१ पटक हेरिएको
Shares
देउवाको आरोप : ‘१८ करोडमा पार्टी किन्ने प्रयास भयो’, आधिकारिकता विवादमा निष्पक्ष छानबिन माग

सारांश

  • पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
  • शनिबार काठमाडौंमा आयोजित आफ्नो पक्षको काठमाडौं जिल्ला कार्यसमितिको १५औँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका हुन्।
  • निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै उनले आधिकारिकता विवादमा दबाब र आर्थिक प्रभाव परेको आरोप लगाए।

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित आफ्नो पक्षको काठमाडौं जिल्ला कार्यसमितिको १५औँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका हुन्।

निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै उनले आधिकारिकता विवादमा दबाब र आर्थिक प्रभाव परेको आरोप लगाए।

एक व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै देउवाले पैसाको बलमा पार्टीको आधिकारिकता प्रभावित पार्ने प्रयास भएको दाबी गरे।

‘पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन्। यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ,’ उनले भने।

देउवाले पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने बताए। पार्टी सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै उनले १८ करोडमा पार्टी बेच्ने प्रयास गर्नेले कांग्रेस जोगाउन नसक्ने टिप्पणी गरे।

‘पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ,’ उनले भने।

आफूले राजनीतिक जीवनमा धेरै कुरा प्राप्त गरिसकेको उल्लेख गर्दै देउवाले अब व्यक्तिगत स्वार्थभन्दा पार्टी र देशका लागि योगदान गर्ने समय आएको बताए।

‘मैले जीवनमा धेरै कुरा पाइसकेको छु। अब मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, बरु पार्टी र देशका लागि योगदान दिनु छ,’ उनले भने, ‘यो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी हामी सबैको हो।’

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्याय पाउने विश्वाससमेत उनले व्यक्त गरे। अदालतबाट न्यायपूर्ण निर्णय आउने र आफूहरूले रुख चुनाव चिह्न लिएर अघि बढ्न पाउने उनको विश्वास छ।

‘मलाई विश्वास छ, यसपटक हामीले रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर पाउनेछौँ। अदालतबाट न्यायपूर्ण निर्णय आउनेछ भन्ने विश्वासका साथ हामी दृढतापूर्वक अघि बढ्छौँ,’ देउवाले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि
पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
रिलायबल नेपाल लाइफका उत्कृष्ट अभिकर्ता सम्मानित, प्रदेश प्रमुख बिष्टले दिए यस्तो सन्देश
रिलायबल नेपाल लाइफका उत्कृष्ट अभिकर्ता सम्मानित, प्रदेश प्रमुख बिष्टले दिए यस्तो सन्देश
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग

तपाईंले छुटाउनुभयो कि?