आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै

digitalchautari digitalchautari
|
शुक्रबार, कार्तिक २०, २०८३
|
|
८३१ पटक हेरिएको
Shares
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै

सारांश

  • नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ।
  • तिहारको पहिलो दिन आज नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा ल्याएर पूजा गर्ने परम्पराअनुसार धनतेरस पर्व मनाइँदैछ।
  • यस वर्ष तिथिको घटबढका कारण पाँच दिन मनाइने तिहार छ दिनसम्म चल्ने भएको छ।

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा ल्याएर पूजा गर्ने परम्पराअनुसार धनतेरस पर्व मनाइँदैछ।

यस वर्ष तिथिको घटबढका कारण पाँच दिन मनाइने तिहार छ दिनसम्म चल्ने भएको छ। कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म मनाइने यो पर्वअन्तर्गत विभिन्न दिनमा काग, कुकुर, गाई, गोरु तथा लक्ष्मीको पूजा गरिन्छ।

पण्डित नारायणप्रसाद दुलालका अनुसार आज बिहान सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाउन लागिएको हो। त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।

यस वर्ष त्रयोदशी तिथिमा गरिने कागपूजा र धन्वन्तरी जयन्ती शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा गर्ने कार्यक्रम रहेको छ। कात्तिक २५ गते भाइटीका मनाइनेछ।

धनतेरसका अवसरमा नयाँ धातुका भाँडाकुँडा, सुनचाँदीका गहना, सिक्का, खरेटो तथा धनियाँ खरिद गर्ने चलन छ। मिथिला क्षेत्रमा भने त्रयोदशीको साँझ दीपमालिका गर्ने परम्परासमेत रहेको छ।

धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ। बबरमहलस्थित राष्ट्र बैंकको कार्यालयबाट बिहीबारदेखि सुरु गरिएको सिक्का बिक्री आज पनि जारी रहनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशमा सरुवामा कडाइ, कर्मचारीलाई एउटै कार्यालयमा तीन वर्षभन्दा बढी बस्न नपाइने
बागमती प्रदेशमा सरुवामा कडाइ, कर्मचारीलाई एउटै कार्यालयमा तीन वर्षभन्दा बढी बस्न नपाइने
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
दशैंको मुखमा चीनबाट सामान आएन, ४ सयभन्दा बढी कन्टेनर प्रभावित
दशैंको मुखमा चीनबाट सामान आएन, ४ सयभन्दा बढी कन्टेनर प्रभावित
बीमा कम्पनीको जोखिम वहन क्षमता बलियो बन्दै, सोल्भेन्सी मार्जिन बढ्यो; सानिमा जीआईसी शीर्ष स्थानमा
बीमा कम्पनीको जोखिम वहन क्षमता बलियो बन्दै, सोल्भेन्सी मार्जिन बढ्यो; सानिमा जीआईसी शीर्ष स्थानमा
संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक: दुई दलको मात्र सुझाव, कांग्रेस अझै अनुपस्थित
संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक: दुई दलको मात्र सुझाव, कांग्रेस अझै अनुपस्थित
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
जीवन बीमाको बजारमा बागमतीको दबदबा, साउनमै १३ अर्बभन्दा बढी बीमाशुल्क संकलन
जीवन बीमाको बजारमा बागमतीको दबदबा, साउनमै १३ अर्बभन्दा बढी बीमाशुल्क संकलन

तपाईंले छुटाउनुभयो कि?