दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच सुर्खेतमा छलफल

digitalchautari digitalchautari
|
आइतबार, कार्तिक १५, २०८३
|
|
४९८ पटक हेरिएको
Shares
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच सुर्खेतमा छलफल

सारांश

  • आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता दिने र व्यवस्थित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग सुर्खेतमा छलफल गर्नुभएको छ।
  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थलसमेत रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफल केन्द्रित रहेको हो।
  • सुर्खेतमा सम्पन्न उक्त भेटमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लबीच प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सफल पार्न संघीय र प्रदेश सरकारबीच हुनुपर्ने समन्वय, पूर्वाधारहरूको अवस्था लगायतका विषयमा कुराकानी भएको हो।

१५ कात्तिक, सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता दिने र व्यवस्थित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग सुर्खेतमा छलफल गर्नुभएको छ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थलसमेत रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफल केन्द्रित रहेको हो।

सुर्खेतमा सम्पन्न उक्त भेटमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लबीच प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सफल पार्न संघीय र प्रदेश सरकारबीच हुनुपर्ने समन्वय, पूर्वाधारहरूको अवस्था लगायतका विषयमा कुराकानी भएको हो।

छलफलका क्रममा मन्त्री पोखरेलले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्न मन्त्रालयले सबै पक्षसँग सहकार्य गरिरहेको बताउँदै कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको विकास र व्यवस्थापनमा संघीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

त्यस्तै, मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा लागिपरेको जानकारी गराउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको थियो।

मन्त्री पोखरेल दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निरीक्षण तथा सरोकारवालाहरूसँगको समन्वयका लागि हाल सुर्खेत भ्रमणमा हुनुहुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
आशा र विश्वासको सन्देश: जीवनका कठिन घडीहरूमा धैर्य र भरोसा
आशा र विश्वासको सन्देश: जीवनका कठिन घडीहरूमा धैर्य र भरोसा
३७ वर्ष शिक्षण सेवापछि बद्रीप्रसाद नेपालको भव्य विदाइ, विद्यालयमा कम्प्युटर ल्याब उद्घाटन
३७ वर्ष शिक्षण सेवापछि बद्रीप्रसाद नेपालको भव्य विदाइ, विद्यालयमा कम्प्युटर ल्याब उद्घाटन
मानवभन्दा शक्तिशाली बन्दैछ एआई ? प्रविधि कम्पनीहरू नै किन भए चिन्तित
मानवभन्दा शक्तिशाली बन्दैछ एआई ? प्रविधि कम्पनीहरू नै किन भए चिन्तित
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
शशांक कोइराला भन्छन्– ‘म पार्टी विभाजनको पक्षमा छैन’
शशांक कोइराला भन्छन्– ‘म पार्टी विभाजनको पक्षमा छैन’
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
नेपाल पुनर्बिमाको साख घट्यो, बाढीको ठूलो दाबीले बढायो जोखिम
नेपाल पुनर्बिमाको साख घट्यो, बाढीको ठूलो दाबीले बढायो जोखिम

तपाईंले छुटाउनुभयो कि?