सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड

digitalchautari digitalchautari
|
बुधबार, कार्तिक ११, २०८३
|
|
७७६ पटक हेरिएको
Shares
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड

सारांश

  • सानिमा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
  • बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३१.
  • १३ प्रतिशतले वृद्धि भएको हो ।

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३१.१३ प्रतिशतले वृद्धि भएको हो ।

नाफामा उल्लेख्य वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस), स्वपुँजीमा प्रतिफल (आरओई) र प्रतिसेयर वितरणयोग्य नाफामा समेत सुधार देखिएको छ । साथै, बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाह बढेको छ भने खराब कर्जा अनुपात घटेको छ ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १७ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ रुपैयाँ १५ पैसा थियो । यससँगै प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसाले बढेको छ ।

त्यस्तै, बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) ७.६८ प्रतिशतबाट बढेर १५.६० प्रतिशत पुगेको छ । प्रतिसेयर कुल वितरणयोग्य नाफा पनि गत वर्षको १९ रुपैयाँ २७ पैसाबाट बढेर २७ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

बैंकको निक्षेप संकलनमा पनि वृद्धि देखिएको छ । समीक्षा अवधिमा निक्षेप संकलन ११.८४ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुद कर्जा तथा सापटी प्रवाह १.६९ प्रतिशतले वृद्धि भई २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको खराब कर्जा अनुपातमा आएको सुधारलाई पनि सकारात्मक मानिएको छ । गत वर्षको सोही अवधिमा ३.९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात (ग्रस एनपीए) घटेर २.८६ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा यस्तो अनुपात १.०५ प्रतिशत बिन्दुले घटेको हो ।

पुँजी पर्याप्तताका सूचक पनि तोकिएको विवरणअनुसार कायम रहेका छन् । बैंकको प्राथमिक पुँजी पर्याप्तता अनुपात (टियर वान) ९.७० प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत रहेको छ ।

समग्रमा, सानिमा बैंकको पहिलो त्रैमासिक वित्तीय विवरणमा नाफा, प्रतिसेयर आम्दानी, निक्षेप संकलन र वितरणयोग्य नाफामा वृद्धि देखिएको छ भने खराब कर्जा अनुपातमा कमी आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाश सपुतको शब्द–संगीतमा ‘लालीबजार’ को गीत सार्वजनिक
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’
सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’
इन्द्रावती–५ मा महिलालाई  साडी वितरण हुँदै
इन्द्रावती–५ मा महिलालाई साडी वितरण हुँदै
खाद्य कम्पनीले सिंहदरबारमा नयाँ बिक्री कक्ष खोल्दै, १९३ सुपथ मूल्य पसल सञ्चालन हुने
खाद्य कम्पनीले सिंहदरबारमा नयाँ बिक्री कक्ष खोल्दै, १९३ सुपथ मूल्य पसल सञ्चालन हुने
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ
दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?

तपाईंले छुटाउनुभयो कि?