थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने

digitalchautari digitalchautari
|
आइतबार, कार्तिक ८, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने

सारांश

  • काठमाडौंको थलीमा ‘दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३’ आयोजना हुने भएको छ।
  • स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ९ गतेदेखि १८ गतेसम्म महोत्सव सञ्चालन गर्न लागिएको हो।
  • श्री सांस्कृतिक मेला महोत्सव तथा बाल उद्यान सञ्चालन केन्द्र प्रालिको आयोजनामा हुने महोत्सव थली चौरमा सञ्चालन हुनेछ।

काठमाडौं । काठमाडौंको थलीमा ‘दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३’ आयोजना हुने भएको छ। स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ९ गतेदेखि १८ गतेसम्म महोत्सव सञ्चालन गर्न लागिएको हो।

श्री सांस्कृतिक मेला महोत्सव तथा बाल उद्यान सञ्चालन केन्द्र प्रालिको आयोजनामा हुने महोत्सव थली चौरमा सञ्चालन हुनेछ। महोत्सवको तयारी भइरहेको आयोजकले जनाएको छ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ। बालबालिका तथा परिवारलाई लक्षित गर्दै रोटेपिङ, ट्रेन गेम्स, एनिमल राइड्स, टिकटक सेल्फी जोन, बेलुन बाउन्स हाउस तथा विभिन्न कार्टुन क्यारेक्टरसमेत आकर्षणका रूपमा रहनेछन्।

त्यसैगरी, महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, खानाका परिकार तथा विभिन्न व्यापारिक वस्तुका स्टलहरू राखिनेछन्। यसले स्थानीय व्यवसायीलाई आफ्ना उत्पादन तथा सामग्रीको प्रचारप्रसार र बिक्री गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

स्टल बुकिङ खुला

महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको आयोजकले जनाएको छ। स्टल बुकिङ तथा थप जानकारीका लागि अरविन्द जैसवाललाई ९८१०२४२५१३ वा ९८६८०५५३६४ मा सम्पर्क गर्न सकिनेछ। आयोजकका अनुसार स्टल बुकिङ गर्दा कुल रकमको ५० प्रतिशत अग्रिम बुझाउनुपर्नेछ।

स्थानीय व्यापार, कला, संस्कृति र पर्यटनलाई प्रवर्द्धन गर्दै मनोरञ्जनको अवसर प्रदान गर्ने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवमा सहभागी भई सफल बनाउन आयोजकले सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण
बजेट खर्चभन्दा नागरिकले पाउने उपलब्धिलाई प्राथमिकता दिन बागमती सरकारको निर्देशन
बजेट खर्चभन्दा नागरिकले पाउने उपलब्धिलाई प्राथमिकता दिन बागमती सरकारको निर्देशन
सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’
सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्

तपाईंले छुटाउनुभयो कि?