चार दशकको राजनीतिक अनुभवसहित वंशलाल तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

digitalchautari digitalchautari
|
शनिबार, आश्विन १०, २०८३
|
|
१.४K पटक हेरिएको
Shares
चार दशकको राजनीतिक अनुभवसहित वंशलाल तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

सारांश

  • सिन्धुपाल्चोक, असोज १० — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं.
  • २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा वंशलाल तामाङले उम्मेदवारी दिने भएका छन् चार दशकभन्दा लामो राजनीतिक यात्रा बोकेका तामाङले २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए।
  • नेपाल विद्यार्थी संघको इकाइ सभापतिदेखि जिल्ला अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनले २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलनलगायत लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

सिन्धुपाल्चोक, असोज १० — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा वंशलाल तामाङले उम्मेदवारी दिने भएका छन्
चार दशकभन्दा लामो राजनीतिक यात्रा बोकेका तामाङले २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। नेपाल विद्यार्थी संघको इकाइ सभापतिदेखि जिल्ला अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनले २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलनलगायत लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। आन्दोलनका क्रममा उनले पटक–पटक गिरफ्तारी र नजरबन्दसमेत व्यहोरेका थिए।
कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सदस्य, जिल्ला सचिव, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हालिसकेका तामाङ २०७४ सालमा इन्द्रावती गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। उनले गाउँपालिका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारीसमेत सम्हालेका थिए।
तामाङ १४औँ महाधिवेशनबाट महासमिति सदस्य बनेका थिए। यसअघि उनी नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत बनेका थिए।
पार्टी संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र जनप्रतिनिधिका रूपमा प्राप्त अनुभवलाई आधार बनाउँदै तामाङले १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा लुम्बिनी अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने
रास्वपा लुम्बिनी अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने
निजामती सेवामा राजनीतिक गतिविधि निषेध गर्ने प्रस्ताव, ट्रेड युनियन हटाउने तयारी
निजामती सेवामा राजनीतिक गतिविधि निषेध गर्ने प्रस्ताव, ट्रेड युनियन हटाउने तयारी
विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन
विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड: एरिकाको ऐतिहासिक ‘ह्याट्रिक’, पुरुषतर्फ चन्द्र सर्वोत्कृष्ट
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड: एरिकाको ऐतिहासिक ‘ह्याट्रिक’, पुरुषतर्फ चन्द्र सर्वोत्कृष्ट
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छ : शिक्षामन्त्री पोखरेल
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छ : शिक्षामन्त्री पोखरेल
दोस्रो सेतिदेवी कपको सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा
दोस्रो सेतिदेवी कपको सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा
संसद् छलेर अध्यादेशको बाटो रोज्दै बालेन नेतृत्वको सरकार, प्रतिपक्षको कडा आलोचना
संसद् छलेर अध्यादेशको बाटो रोज्दै बालेन नेतृत्वको सरकार, प्रतिपक्षको कडा आलोचना
इन्द्रावतीमा बजार अनुगमन तीव्र, ८० हजारका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट
इन्द्रावतीमा बजार अनुगमन तीव्र, ८० हजारका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट
रसुवा–नुवाकोटका जलविद्युत् सुरुङमा अझै सयौँ श्रमिक फसेको आशंका, उद्धारमा ढिलाइ
रसुवा–नुवाकोटका जलविद्युत् सुरुङमा अझै सयौँ श्रमिक फसेको आशंका, उद्धारमा ढिलाइ
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]

तपाईंले छुटाउनुभयो कि?