उपत्यकामा भोलिदेखि एलपी ग्यासको मूल्य घट्दै, पुरानै दरमा पाइने

digitalchautari digitalchautari
|
बिहिबार, आश्विन १, २०८३
|
|
८८८ पटक हेरिएको
Shares
उपत्यकामा भोलिदेखि एलपी ग्यासको मूल्य घट्दै, पुरानै दरमा पाइने

सारांश

  • काठमाडौँ उपत्यकामा शुक्रबारदेखि खाना पकाउने एलपी ग्यास पुरानै मूल्यमा बिक्री हुने भएको छ।
  • कृष्णभीरमा वैकल्पिक सडक निर्माण गरी दुईतर्फी यातायात सञ्चालनमा आएपछि ग्यास ढुवानी सहज भएसँगै नेपाल आयल निगमले ग्यासको मूल्य पुरानै दरमा कायम गर्ने तयारी गरेको हो।
  • कृष्णभीर सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपरेकाले उद्योगीहरूले प्रतिसिलिन्डर रु.

काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबारदेखि खाना पकाउने एलपी ग्यास पुरानै मूल्यमा बिक्री हुने भएको छ।

कृष्णभीरमा वैकल्पिक सडक निर्माण गरी दुईतर्फी यातायात सञ्चालनमा आएपछि ग्यास ढुवानी सहज भएसँगै नेपाल आयल निगमले ग्यासको मूल्य पुरानै दरमा कायम गर्ने तयारी गरेको हो।

कृष्णभीर सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपरेकाले उद्योगीहरूले प्रतिसिलिन्डर रु. १०५.३८ अतिरिक्त लागत जोडेर बिक्री गर्दै आएका थिए।

अब भने साविककै प्रतिसिलिन्डर रु. २ हजार ६० मा ग्यास बिक्री हुने बताइएको छ। ग्यास उद्योगीहरूले समेत आफ्ना डिलर तथा डिस्ट्रिब्युटरलाई पुरानै मूल्यमा बिक्री गर्न निर्देशन दिने तयारी गरेका छन्।

नेपाल ग्यासका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टका अनुसार कृष्णभीरको सडक खुलेपछि ढुवानी सहज भएकाले शुक्रबारदेखि ग्यास पुरानै मूल्यमा उपलब्ध हुनेछ।

उनका अनुसार पछिल्लो समय कृष्णभीर सडक अवरुद्ध हुनु तथा हाफ सिलिन्डरसम्बन्धी अन्योलका कारण बजारमा ग्यासको आपूर्तिमा केही दबाब परेको थियो। नियमित रूपमा ग्यास बुलेट आउन थालेपछि १० देखि १५ दिनभित्र बजारमा ग्यासको आपूर्ति पूर्ण रूपमा सहज हुने अपेक्षा गरिएको छ।

गत भदौमा आएको बाढी र नदी कटानका कारण कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि उपत्यकातर्फ आउने ग्यास बुलेटसहित अत्यावश्यक वस्तु बोकेका ठूला सवारी प्रभावित भएका थिए।

क्षतिग्रस्त सडक नजिकैको ढिस्को काटेर वैकल्पिक ट्र्याक निर्माण गरिएपछि बिहीबारदेखि कृष्णभीरमा दुईतर्फी यातायात नियमित भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने
इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास
बजेट खर्चभन्दा नागरिकले पाउने उपलब्धिलाई प्राथमिकता दिन बागमती सरकारको निर्देशन
बजेट खर्चभन्दा नागरिकले पाउने उपलब्धिलाई प्राथमिकता दिन बागमती सरकारको निर्देशन
चैतसम्म ग्लोबल आइएमई बैंकले कमायो रु. ४.४० अर्ब, अन्य सूचक कस्ता ?
चैतसम्म ग्लोबल आइएमई बैंकले कमायो रु. ४.४० अर्ब, अन्य सूचक कस्ता ?
‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव : कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह
‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव : कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग
सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने
सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने
सिन्धुपाल्चोकमा ‘डिजिटल एजेन्डा र एआई’ नारासहित विश्व पर्यटन दिवस मनाइयो
सिन्धुपाल्चोकमा ‘डिजिटल एजेन्डा र एआई’ नारासहित विश्व पर्यटन दिवस मनाइयो

तपाईंले छुटाउनुभयो कि?