कांग्रेसले गर्यो महाधिवेशन कार्यतालिका हेरफेर, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने

digitalchautari digitalchautari
|
बुधबार, भाद्र २४, २०८३
|
|
५९६ पटक हेरिएको
Shares
कांग्रेसले गर्यो महाधिवेशन कार्यतालिका हेरफेर, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने

सारांश

  • नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ ।
  • आज बसेको निर्वाचन समितिको बैठकले कार्यतालिका परिमार्जन गर्दै एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला र सातै प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय गरेको छ।
  • परिमार्जित कार्यतालिका अनुसार वडा अधिवेशन असोज ३ गतेबाट सुरु गरेर केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने पूर्व निर्धारित मिति यथावत् राखिएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । आज बसेको निर्वाचन समितिको बैठकले कार्यतालिका परिमार्जन गर्दै एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला र सातै प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय गरेको छ।

परिमार्जित कार्यतालिका अनुसार वडा अधिवेशन असोज ३ गतेबाट सुरु गरेर केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने पूर्व निर्धारित मिति यथावत् राखिएको छ । यसअघि भदौ २४ मा वडा अधिवेशन गर्ने कार्यतालिका थियो ।

समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार गाउँ–नगरपालिका अधिवेशन २०८३ असोज ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशनरप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८३ असोज १० गते हुनेछ।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने, नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्ने निर्णय भएको छ।

कांग्रेसको नयाँ कार्यतालिका अनुसार एक मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लाको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन अगावै हुनेछ। ती जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न हुनासाथ जिल्ला अधिवेशन स्वतः सम्पन्न भएको मानिन्छ। तर, दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका ४२ जिल्ला र सातै प्रदेशको अधिवेशन भने केन्द्रीय महाधिवेशन सकिएपछि उपयुक्त समयमा गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो
घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना
कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने
इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने

तपाईंले छुटाउनुभयो कि?