रिलायबल नेपाल लाइफका उत्कृष्ट अभिकर्ता सम्मानित, प्रदेश प्रमुख बिष्टले दिए यस्तो सन्देश

digitalchautari digitalchautari
|
सोमबार, भाद्र २२, २०८३
|
|
२.२K पटक हेरिएको
Shares
रिलायबल नेपाल लाइफका उत्कृष्ट अभिकर्ता सम्मानित, प्रदेश प्रमुख बिष्टले दिए यस्तो सन्देश

सारांश

  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुदूरपश्चिम प्रदेशअन्तर्गत आईबीआरडी शाखाले उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गर्दै अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ।
  • बीमा व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउँदै आएका अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान र प्रोत्साहन गर्दै उनीहरूको व्यावसायिक क्षमता, उत्साह तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
  • कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्रबहादुर बिष्टको विशेष उपस्थिति रहेको थियो।

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुदूरपश्चिम प्रदेशअन्तर्गत आईबीआरडी शाखाले उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गर्दै अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ।
बीमा व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउँदै आएका अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान र प्रोत्साहन गर्दै उनीहरूको व्यावसायिक क्षमता, उत्साह तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्रबहादुर बिष्टको विशेष उपस्थिति रहेको थियो। उनले अभिकर्ताहरूलाई व्यावसायिक रूपमा थप सक्रिय भएर काम गर्न प्रेरित गर्दै बीमा क्षेत्रको विकास र विस्तारमा अभिकर्ताको महत्वपूर्ण भूमिकाबारे मार्गदर्शन तथा शुभकामना व्यक्त गरे।
कार्यक्रममा शाखाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै आएका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो।
सम्मान तथा उत्प्रेरणा कार्यक्रमले अभिकर्ताहरूमा थप ऊर्जा र उत्साह सिर्जना गर्नुका साथै आगामी दिनमा अझ प्रभावकारी रूपमा बीमा व्यवसाय विस्तार गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ।
रिलायबल नेपाल लाइफले यस्ता कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहित गर्दै बीमा पहुँच विस्तार तथा व्यवसायिक क्षमता अभिवृद्धिमा जोड दिँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न
बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
नेपाल–चीन सम्बन्धको दीर्घकालीन आधार जनस्तरको सम्बन्ध: परराष्ट्रमन्त्री खनाल
नेपाल–चीन सम्बन्धको दीर्घकालीन आधार जनस्तरको सम्बन्ध: परराष्ट्रमन्त्री खनाल
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
बागमती प्रदेशमा सरुवामा कडाइ, कर्मचारीलाई एउटै कार्यालयमा तीन वर्षभन्दा बढी बस्न नपाइने
बागमती प्रदेशमा सरुवामा कडाइ, कर्मचारीलाई एउटै कार्यालयमा तीन वर्षभन्दा बढी बस्न नपाइने
बाढी प्रभावितको बीमा दाबी भुक्तानी द्रुत बनाउन अर्थमन्त्रीको कडा निर्देशन
बाढी प्रभावितको बीमा दाबी भुक्तानी द्रुत बनाउन अर्थमन्त्रीको कडा निर्देशन
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग

तपाईंले छुटाउनुभयो कि?