ऐंसेलुखर्क माध्यमिक विद्यालयका बाली विज्ञानका विद्यार्थीहरूद्वारा सुर्यकोटमा ३ दिने बाली उपचार शिविर सुरु

digitalchautari digitalchautari
|
सोमबार, भाद्र १५, २०८३
|
|
२३४ पटक हेरिएको
Shares
ऐंसेलुखर्क माध्यमिक विद्यालयका बाली विज्ञानका विद्यार्थीहरूद्वारा सुर्यकोटमा ३ दिने बाली उपचार शिविर सुरु

सारांश

  • इन्द्रावती गाउँपालिका-५ स्थित ऐंसेलुखर्क माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ 'बाली विज्ञान' (Plant Science) अध्ययनरत विद्यार्थीहरूका लागि ३ दिने बाली उपचार शिविर तथा प्रयोगात्मक अध्ययन अवलोकन भ्रमण कार्यक्रम सुरु भएको छ।
  • स्थानीय सुर्यकोट क्षेत्रका झन्डै एक दर्जन कृषकहरूको धान खेत र अदुवा बारीमा पुगेर विद्यार्थीहरूले बालीमा लाग्ने रोग तथा किराहरूको प्रत्यक्ष पहिचान र निराकरणका उपायहरूबारे व्यवहारिक ज्ञान हासिल गरिरहेका छन्।
  • विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा दक्ष बनाउने उद्देश्यले सञ्चालित यस शिविरमा विद्यालयका विषय विज्ञ शिक्षकहरू प्रविण भट्टराई र निराजन बन्जाडेले सहजीकरण गरिरहनुभएको छ।

इन्द्रावती (सिन्धुपाल्चोक) ।

इन्द्रावती गाउँपालिका-५ स्थित ऐंसेलुखर्क माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ ‘बाली विज्ञान’ (Plant Science) अध्ययनरत विद्यार्थीहरूका लागि ३ दिने बाली उपचार शिविर तथा प्रयोगात्मक अध्ययन अवलोकन भ्रमण कार्यक्रम सुरु भएको छ।

स्थानीय सुर्यकोट क्षेत्रका झन्डै एक दर्जन कृषकहरूको धान खेत र अदुवा बारीमा पुगेर विद्यार्थीहरूले बालीमा लाग्ने रोग तथा किराहरूको प्रत्यक्ष पहिचान र निराकरणका उपायहरूबारे व्यवहारिक ज्ञान हासिल गरिरहेका छन्।

विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा दक्ष बनाउने उद्देश्यले सञ्चालित यस शिविरमा विद्यालयका विषय विज्ञ शिक्षकहरू प्रविण भट्टराई र निराजन बन्जाडेले सहजीकरण गरिरहनुभएको छ।

३ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत भोलि (दोस्रो दिन) वडा कार्यालयमा स्थानीय कृषकहरूसँग बालीमा लाग्ने रोग तथा तिनको निदान सम्बन्धी बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरिनेछ भने पर्सी (तेस्रो दिन) अध्ययन शिविरको औपचारिक समापन हुनेछ।

प्रयोगात्मक अध्ययन अवलोकन भ्रमणमा विषय शिक्षकहरूसँगै स्थानीय जनप्रतिनिधि र कृषकहरूको समेत उत्साहजनक सहभागिता रहेको छ। यस किसिमको व्यावहारिक अभ्यासले एकातिर विद्यार्थीहरूको दक्षता अभिवृद्धि हुने र अर्कोतिर स्थानीय कृषकहरूले आफ्ना बालीमा देखिएका रोग-किराको समस्याबारे परामर्श पाई प्रत्यक्ष लाभ लिने विश्वास लिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन
विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन
बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह
बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव, १०% बोनस र १०% नगद
गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव, १०% बोनस र १०% नगद
जलविरेमा आयोजित  स्वास्थ्य शिविरमा  ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई
जलविरेमा आयोजित स्वास्थ्य शिविरमा ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी
विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी
सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म सहुलियत ऋण प्रस्ताव
सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म सहुलियत ऋण प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?