बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा

digitalchautari digitalchautari
|
आइतबार, भाद्र १४, २०८३
|
|
१.९K पटक हेरिएको
Shares
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा

सारांश

  • गत भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोमा बेपत्ताहरूको खोजी तथा उद्धारमा सघाउन भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपाल आएका छन्।
  • बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदार तथा अन्य नागरिकको उद्धारमा सहयोग गर्न ती देशबाट विशेषज्ञ टोली आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
  • आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाली सुरक्षा तथा अन्य निकायका एकीकृत टोलीले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी रूपमा अघि बढाइरहेको जानकारी दिए।

काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोमा बेपत्ताहरूको खोजी तथा उद्धारमा सघाउन भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपाल आएका छन्।

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदार तथा अन्य नागरिकको उद्धारमा सहयोग गर्न ती देशबाट विशेषज्ञ टोली आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाली सुरक्षा तथा अन्य निकायका एकीकृत टोलीले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी रूपमा अघि बढाइरहेको जानकारी दिए।

उनका अनुसार सुरुङ उद्धारका लागि भारतबाट आएका ११ जना, चीनका ९ जना तथा दक्षिण कोरियाका विशेष प्राविधिक टोलीसँग नेपाली टोलीले समन्वय गरी काम गरिरहेका छन्।

त्यस्तै, बाढीमा मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि भारत र चीनबाट एयरटाइट ब्याग प्राप्त भएको तथा थप ब्यागसमेत आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ।

बेपत्ताको पहिचानका लागि भारतबाट डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका १८ जना फरेन्सिक विशेषज्ञको टोलीसमेत नेपाल आइपुगेको छ।

नेपाल प्रहरीका अनुसार बाढी–पहिरोमा हालसम्म ७८८ जनाको शव फेला परेको छ भने ३ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता छन्। उद्धार गरिएका व्यक्तिको संख्या ८ हजारभन्दा बढी पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा हुने प्रतियोगिता नसर्ने मन्त्रीको दाबी
दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा हुने प्रतियोगिता नसर्ने मन्त्रीको दाबी
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही
रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’
रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’
नयाँ प्रणाली कार्यान्वयनपछि नेप्से घट्यो, लगानीकर्तामा अन्योलता
नयाँ प्रणाली कार्यान्वयनपछि नेप्से घट्यो, लगानीकर्तामा अन्योलता
कांग्रेस महाधिवेशन प्रतिनिधिमा आइतमान तामाङको उम्मेदवारी, संगठन सुदृढीकरणमा जोड
कांग्रेस महाधिवेशन प्रतिनिधिमा आइतमान तामाङको उम्मेदवारी, संगठन सुदृढीकरणमा जोड
म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण
म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण
संसद् छलेर अध्यादेशको बाटो रोज्दै बालेन नेतृत्वको सरकार, प्रतिपक्षको कडा आलोचना
संसद् छलेर अध्यादेशको बाटो रोज्दै बालेन नेतृत्वको सरकार, प्रतिपक्षको कडा आलोचना
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

तपाईंले छुटाउनुभयो कि?