सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र ११, २०८३
|
|
२१९ पटक हेरिएको
Shares
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी

सारांश

  • नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश तथा वातावरणीय संकटप्रति राष्ट्रिय पीडा व्यक्त गरेको हो।
  • बैठकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश तथा वातावरणीय संकटप्रति राष्ट्रिय पीडा व्यक्त गरेको हो।
बैठकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा राजनीतिक दलहरू एकमत भएका छन्।
विपद्को अवस्था कुनै एक भूगोल वा सरकारको मात्रै संकट नभई सिंगो राष्ट्रको साझा परीक्षण भएको निष्कर्ष निकाल्दै बैठकले नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखेर सबै राजनीतिक दल एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
बैठकले विपद्को दिगो समाधान तथा आगामी दिनमा आवश्यक पूर्वतयारीका लागि १० बुँदे साझा संकल्पसहितको अपिल समेत जारी गरेको छ।
संयुक्त अपिलमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता चन्दन सिंहले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं प्रशासनले कार्यालय परिसरबाट ग्यास बिक्री रोक्यो, डिलरबाट भने नियमित पाइने
काठमाडौं प्रशासनले कार्यालय परिसरबाट ग्यास बिक्री रोक्यो, डिलरबाट भने नियमित पाइने
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १.०१ करोड सहयोग
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १.०१ करोड सहयोग
थापाथलीपछि सिनामंगलमा पनि डोजर: सुकुम्बासी बस्ती हटाउने अभियान जारी
थापाथलीपछि सिनामंगलमा पनि डोजर: सुकुम्बासी बस्ती हटाउने अभियान जारी
विद्यार्थी राजनीतिबाट कांग्रेसको नेतृत्व कब्जासम्मः नेविसंघका नेताहरूको यस्तो उभार
विद्यार्थी राजनीतिबाट कांग्रेसको नेतृत्व कब्जासम्मः नेविसंघका नेताहरूको यस्तो उभार
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
सरकारको आलोचनापछि हर्क साम्पाङ सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा
सरकारको आलोचनापछि हर्क साम्पाङ सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफ क्लबले जित्याे
प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफ क्लबले जित्याे
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति
नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने
नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

तपाईंले छुटाउनुभयो कि?