सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १.०१ करोड सहयोग
सारांश
- काठमाडौं — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.
- १ करोड १ लाख (१.
- ०१ करोड) सहयोग प्रदान गरेको छ।
काठमाडौं — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड १ लाख (१.०१ करोड) सहयोग प्रदान गरेको छ।
कम्पनीकी सञ्चालक हसना शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो।
यसअघि पनि कम्पनीले २०८१ को बाढीप्रभावितहरूका लागि रु. ५१ लाख र जेनजी आन्दोलनका क्रममा क्षति पुगेका राष्ट्रिय सम्पदाको पुनर्निर्माणका लागि रु. १.०१ करोड सहयोग उपलब्ध गराएको थियो। साथै, ती घटनाहरूबाट क्षति भएका बीमा दाबीहरूको पनि कम्पनीले यथासमयमा फर्छ्यौट गरी भुक्तानी गरिसकेको जनाएको छ।
प्रतिक्रिया