तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १०, २०८३
|
|
१.६K पटक हेरिएको
Shares
तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति

सारांश

  • तिब्बततर्फबाट रसुवा हुँदै आएको ठूलो बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान ऊर्जा मन्त्रालयले गरेको छ।
  • बाढीबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका दुवै प्रकृतिका जलविद्युत् आयोजना प्रभावित भएका छन्।
  • प्रारम्भिक विवरणअनुसार केही आयोजनाका विद्युत्गृह तथा सबस्टेसनमा समेत ठूलो क्षति पुगेको आकलन गरिएको छ।

काठमाडौं । तिब्बततर्फबाट रसुवा हुँदै आएको ठूलो बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान ऊर्जा मन्त्रालयले गरेको छ।
बाढीबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका दुवै प्रकृतिका जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार केही आयोजनाका विद्युत्गृह तथा सबस्टेसनमा समेत ठूलो क्षति पुगेको आकलन गरिएको छ।
मन्त्रालयका अनुसार रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट), चिलिमे (२२ मेगावाट), त्रिशूली–३ ए (६० मेगावाट), त्रिशूली–३ बी (३७ मेगावाट), मैलुङ (१४ मेगावाट) र त्रिशूली–बेनिघाट (३५ मेगावाट) आयोजनामा बाढीले क्षति पुर्‍याएको छ।
त्यस्तै, ५७ मेगावाट क्षमताको साञ्जेन (अप्पर) तथा साञ्जेन जलविद्युत् आयोजनामा समेत बाढीबाट क्षति भएको मन्त्रालयले जनाएको छ।
यद्यपि क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन। ऊर्जा मन्त्रालयका अनुसार प्रभावित आयोजनामा कार्यरत कर्मचारीको अवस्थाबारे विवरण संकलन गर्ने काम भइरहेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका एक अधिकारीले बाढी अझै आइरहेकाले क्षतिको विस्तृत विवरण संकलन गर्न कठिन भइरहेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रमुख कार्यकारी अधिकृत भीमप्रसाद गौतमले पनि बाढीबाट प्रभावित आयोजनाको क्षतिबारे विवरण संकलन तथा अवस्थाबारे बुझ्ने काम भइरहेको जानकारी दिएका छन्।
बाढीका कारण आयोजनाका भौतिक संरचना, विद्युत्गृह, सबस्टेसन तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण स्थलगत अध्ययनपछि मात्रै स्पष्ट हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
एलपी ग्यासको अभाव बढ्यो, बढी मूल्यमा बेच्ने पसललाई ३ लाख जरिवाना
एलपी ग्यासको अभाव बढ्यो, बढी मूल्यमा बेच्ने पसललाई ३ लाख जरिवाना
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
चार दशकको राजनीतिक अनुभवसहित वंशलाल तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
चार दशकको राजनीतिक अनुभवसहित वंशलाल तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पमा
मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पमा
रसुवा बाढी प्रभावित बीमितलाई ६ महिनासम्म ब्याज छुट
रसुवा बाढी प्रभावित बीमितलाई ६ महिनासम्म ब्याज छुट
सेयर बजार सुधारका लागि आगामी साताभित्र विशेष प्याकेज ल्याइने
सेयर बजार सुधारका लागि आगामी साताभित्र विशेष प्याकेज ल्याइने
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट

तपाईंले छुटाउनुभयो कि?