राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह

digitalchautari digitalchautari
|
मंगलबार, भाद्र ९, २०८३
|
|
३१२ पटक हेरिएको
Shares
राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश अध्यक्ष विक्रम थापाले चार सांसदलाई पदमुक्त गरिएको भन्दै प्रदेश सभा सचिवालयमा दर्ता भएको पत्रलाई मान्यता नदिन सभामुखसँग आग्रह गरेका छन्।
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको आरोप लगाउँदै राजु विष्ट, राजेन्द्र प्रजापति, गिरबहादुर तामाङ र उद्धव थापालाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न सोमबार प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए।
  • तर, त्यसको भोलिपल्ट प्रदेश अध्यक्ष थापाले सभामुखलाई पत्र पठाउँदै उक्त कारबाही पार्टी विधानविपरीत भएको दाबी गरेका छन्।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश अध्यक्ष विक्रम थापाले चार सांसदलाई पदमुक्त गरिएको भन्दै प्रदेश सभा सचिवालयमा दर्ता भएको पत्रलाई मान्यता नदिन सभामुखसँग आग्रह गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको आरोप लगाउँदै राजु विष्ट, राजेन्द्र प्रजापति, गिरबहादुर तामाङ र उद्धव थापालाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न सोमबार प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए।
तर, त्यसको भोलिपल्ट प्रदेश अध्यक्ष थापाले सभामुखलाई पत्र पठाउँदै उक्त कारबाही पार्टी विधानविपरीत भएको दाबी गरेका छन्। उनले भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक नबसेको दाबी गर्दै चार सांसदलाई पदमुक्त गर्ने निर्णय केन्द्रीय समितिबाट भएको भन्ने विवरण असत्य रहेको जिकिर गरेका छन्।
थापाले राप्रपा विधानको धारा ३० (ड) ले अनुशासनात्मक कारबाही गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको उल्लेख गर्दै अन्य कुनै निकाय वा व्यक्तिलाई त्यस्तो अधिकार नरहेको दाबी गरेका छन्।
त्यस्तै, पदमुक्तसम्बन्धी पत्रमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको आधिकारिक मिति उल्लेख नभएको र सांसदहरूले ह्विप उल्लंघन गरेको भनिए पनि संसदीय दलको अभिलेखमा त्यसको पुष्टि नभएको उनको भनाइ छ।
थापाले पार्टीभित्रको विवाद विधान र विधिअनुसार समाधान हुने भन्दै पार्टी विधान तथा संसदीय दलको नियमावलीविपरीत एकपक्षीय रूपमा पठाइएको निर्णयलाई कानुनी मान्यता नदिन सभामुखसँग आग्रह गरेका छन्।
यता, राप्रपा अध्यक्ष लिङ्देनले भने पार्टीको पटक–पटकको निर्देशन अवज्ञा, ह्विप उल्लंघन तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै चार सांसदलाई केन्द्रीय अनुशासन समितिको सिफारिसमा पदमुक्त गरिएको बताएका छन्।
मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको बागमती प्रदेश सरकारमा राप्रपाबाट तीन जना मन्त्री बनेका छन्। उनीहरूलाई पदमुक्त गर्न पठाइएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ।
अब प्रदेश सभा सचिवालयले पत्रमाथि संवैधानिक तथा कानुनी व्यवस्थाको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सिन्धुपाल्चोक गठन, केन्द्रिय सदस्य थापाले खुवाए सपथ
पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सिन्धुपाल्चोक गठन, केन्द्रिय सदस्य थापाले खुवाए सपथ
रवि लामिछाने : युवा नेतृत्वले मात्रै देशको सपना पूरा हुँदैन, परिणाम दिनुपर्छ
रवि लामिछाने : युवा नेतृत्वले मात्रै देशको सपना पूरा हुँदैन, परिणाम दिनुपर्छ
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
भारतको टेस्ट टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर एनपिएल खेल्न नेपाल आउने
भारतको टेस्ट टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर एनपिएल खेल्न नेपाल आउने
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो
४० लाखमुनिका ईभीमा ‘भ्यालु फर्मनी’को दौड, कुन कार कति अब्बल? नामी भिगोदेखि पन्च ईभीसम्म : मूल्य, रेन्ज, फिचर र सुरक्षामा ग्राहकलाई आकर्षित गर्दै नयाँ पुस्ताका विद्युतीय कार
४० लाखमुनिका ईभीमा ‘भ्यालु फर्मनी’को दौड, कुन कार कति अब्बल? नामी भिगोदेखि पन्च ईभीसम्म : मूल्य, रेन्ज, फिचर र सुरक्षामा ग्राहकलाई आकर्षित गर्दै नयाँ पुस्ताका विद्युतीय कार

तपाईंले छुटाउनुभयो कि?