सुस्ता घटनाबारे हर्कराज राईको सरकारसँग जवाफ माग

digitalchautari digitalchautari
|
शुक्रबार, जेठ २९, २०८३
|
|
४९५ पटक हेरिएको
Shares
सुस्ता घटनाबारे हर्कराज राईको सरकारसँग जवाफ माग

सारांश

  • हर्कराज राई ले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुस्तामा नेपाली नागरिकमाथि गरेको भनिएको हप्की-दप्कीको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल संसदलाई स्पष्ट जवाफ दिन माग गर्नुभएको छ।
  • शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त घटनासम्बन्धी भिडियो सार्वजनिक भइसकेको उल्लेख गर्दै रक्षामन्त्रीले तत्काल सदनमा आएर यथार्थ जानकारी दिनुपर्ने बताउनुभयो।
  • अध्यक्ष राईले सीमा क्षेत्रमा नेपाली सेना किन सक्रिय रूपमा परिचालित हुन नसकेको भन्दै प्रश्न उठाउनुभयो।

काठमाडौँ । हर्कराज राई ले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुस्तामा नेपाली नागरिकमाथि गरेको भनिएको हप्की-दप्कीको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल संसदलाई स्पष्ट जवाफ दिन माग गर्नुभएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त घटनासम्बन्धी भिडियो सार्वजनिक भइसकेको उल्लेख गर्दै रक्षामन्त्रीले तत्काल सदनमा आएर यथार्थ जानकारी दिनुपर्ने बताउनुभयो।

अध्यक्ष राईले सीमा क्षेत्रमा नेपाली सेना किन सक्रिय रूपमा परिचालित हुन नसकेको भन्दै प्रश्न उठाउनुभयो। उहाँले नेपाली सेना सीमामा गएर अवलोकन गर्न नपाउने कुनै सन्धि वा सम्झौता भएको भए त्यसको विवरण संसदलाई उपलब्ध गराउन पनि सरकारलाई आग्रह गर्नुभयो।

उहाँले आफ्नै भूमिको रक्षा गर्न नेपाली नागरिकहरू मात्रै अग्रसर हुनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै सरकारले सीमा समस्याप्रति आवश्यक चासो नदिएको आरोप लगाउनुभयो।

संविधानले सुनिश्चित गरेको सूचनाको हकअनुसार सरकारले उक्त घटनाबारे सत्यतथ्य जानकारी संसदसमक्ष प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’
रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
कर्मचारी प्रशासनमा फेरबदल : ५२ उपसचिव र शाखा अधिकृत सरुवा
कर्मचारी प्रशासनमा फेरबदल : ५२ उपसचिव र शाखा अधिकृत सरुवा
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
१० कित्ते व्यवस्था हटाउने कि सुधार्ने ? फेरि तात्यो आईपीओ बहस
१० कित्ते व्यवस्था हटाउने कि सुधार्ने ? फेरि तात्यो आईपीओ बहस
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
पाँचपोखरी प्राथमिक अस्पतालमा एघारौँ संविधान दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न
पाँचपोखरी प्राथमिक अस्पतालमा एघारौँ संविधान दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न

तपाईंले छुटाउनुभयो कि?