सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी

digitalchautari digitalchautari
|
शनिबार, बैशाख २६, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी

सारांश

  • सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल (सिडीईसीएफ नेपाल)को २७ औँ वार्षिक साधारण सभा एवम् ११ औँ अधिवेशन सम्पन्न भएको छ ।
  • इन्द्रावती गाउँपालिका-७ सिपापोखरे स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न अधिवेशनले पुन: रामजी थापाको अध्यक्षतामा नौ सदस्ययीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
  • उपाध्यक्ष , महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश ईश्वरीप्रसाद अधिकारी, सरस्वती अधिकारी, नरेन्द्र आचार्य र लक्ष्मी कोइराला रहनु भएको छ ।

सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल (सिडीईसीएफ नेपाल)को २७ औँ वार्षिक साधारण सभा एवम् ११ औँ अधिवेशन सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका-७ सिपापोखरे स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न अधिवेशनले पुन: रामजी थापाको अध्यक्षतामा नौ सदस्ययीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष , महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश ईश्वरीप्रसाद अधिकारी, सरस्वती अधिकारी, नरेन्द्र आचार्य र लक्ष्मी कोइराला रहनु भएको छ । त्यसै गरी समितिको सदस्यहरुमा मुरारीप्रसाद सापकोटा, मानबहादुर वयलकोटी, मने माझी र कुसुम दनुवार चयन हुनु भएको छ ।अधिवेशनले डुमबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति छनौट गरेको छ । समितिको सदस्यहरुमा गणेश जंग शाही र रिता सापकोटा रहनु भएको छ । त्यसै गरी संस्थाका पूर्व अध्यक्ष शारदाप्रसाद सापकोटाको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति चयन भएको छ । सल्लाकार समिति सदस्यहरुमा केदारनाथ आचार्य , राधा सापकोटा, राधिका तिमल्सिना, सञ्चमाया तामाङ, गोपाल विक र रामप्रसाद श्रेष्ठ रहनु भएको छ । अधिवेशनसँगै संस्थाको सामाजिक लेखा परीक्षण समेत सम्पन्न भएको छ ।यस अघि कार्यक्रमको उद्वघाटन गर्दै इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले संस्थाको सहयोगबाट विपन्न परिवारको वार्षिक आम्दानी वृद्वि भई उनीहरुको जीविकोपार्जनमा टेवा पुगेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपालले संस्थाबाट सञ्चालन भएका कार्यक्रम व्यवस्थित, पारदर्शी र प्रभावकारी भएकोमा खुसी व्यक्त गर्नुहुँदै आगामी दिनमा अझ जन अपेक्षा योजना र गुस्तरीय कार्यसम्पादनमा जोड दिनुभयो । साधारण सभाले आर्थिक बर्ष २०८१/०८२ को प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड
ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड
प्रमुख सचेतक नहुँदा कोशी प्रदेशसभामा विधेयक व्यवस्थापन र ह्वीप प्रणाली प्रभावित
प्रमुख सचेतक नहुँदा कोशी प्रदेशसभामा विधेयक व्यवस्थापन र ह्वीप प्रणाली प्रभावित
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता
जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता

तपाईंले छुटाउनुभयो कि?